Skip to main content

उच्चायुक्तको कार्यालयद्वारा महाराजगन्जमा भएका उल्लङ्‍घन सम्बन्धमा कारबाही गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई पठाइएको पत्र सार्वजनिक

काठमाडौं, ४ असोज । उच्चायुक्तको कार्यालय÷नेपालले द्वन्द्वसँग सम्बन्धित गम्भीर मानवअधिकार उल्लङ्‍घनमा कारबाही गर्न आह्वान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई लेखिएको पत्र आज सार्वजनिक गर्‍यो। उच्चायुक्तको कार्यालय÷नेपालका प्रमुख रिचर्ड बनेटले नेपाली सेनाको महाराजगन्त्र ब्यारेकमा सन् २००३ र २००४ मा भएको स्वेच्छाचारी थुना, यातना तथा बेपत्ता पार्ने कार्यका पीडक एवं सन् २००१ देखि २००३ को बीचमा बर्दिया जिल्लामा भएका उल्लङ्‍घनका पीडकविरुद्ध कारबाही गर्न आग्रह गर्दै साउन ११ गते प्रधानमन्त्रीलाई एक पत्र पठाउनुभएको थियो। उच्चायुक्तको कार्यालयद्वारा दुईवटा सार्वजनिक प्रतिवेदन१मा अभिलेखन गरिएका मानवअधिकारका यी उल्लङ्‍घनमाथि उपयुक्त अनुसन्धान गर्न कुनै कारबाही गरिएको छैन। सो पत्रले महाराजगन्जमा ती यातना तथा बेपत्ता पार्ने कार्य कहिल्यै नभएको भन्ने नेपाली सेनाको दाबीलाई खण्डन गर्दै द्वन्द्वसँग सम्बन्धित बेपत्ता पार्ने कार्यका लागि जवाफदेहीता खोज्ने आफ्ना प्रतिज्ञाहरू पूरा गर्न सरकारसँग आग्रह गरेको छ।


सो पत्रमा उच्चायुक्तको कार्यालयका प्रमुखले महाराजगन्जमा ती उल्लङ्‍घन भएको समयमा चेन अफ कमान्डभित्र रहेका सेनाका वरिष्ठ अधिकारीहरूको सेवाअवधि बढाउन वा बढुवा गर्न हालै गरिएको सिफारिसप्रति विशेष चिन्ता व्यक्त गर्नुभएको छ। सो पत्रले प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारको विश्वसनीय आरोप लागेका नेपाली सेनाका कुनै पनि अधिकारीहरूलाई तिनको संलग्नतासम्बन्धी स्वतन्त्र र निष्पक्ष अनुसन्धान नहुन्जेल निलम्बन गर्ने उच्चायुक्तको कार्यालयको सिफारिसलाई दोहोर्‍याएको छ। सो पत्र पठाएयता सरकारले दसौँ वाहिनीका पूर्व कमान्डर तथा महाराजगन्त्र एकाइको प्रत्यक्ष चेन अफ कमान्डमा रहेका उपरथी तोरणजङ्गबहादुर सिंहको बढुवा सरकारी कार्यदलको समीक्षा नगरेसम्मका लागि रोक्का गरेको छ। उच्चायुक्तको कार्यालयले सो कार्यदललाई सहयोगको प्रस्ताव गरेको छ र यो मानवअधिकार उल्लङ्‍घनका लागि जवाफदेहीताको समर्थनमा बलियोसँग अडिग रहने आशा गरेको छ।


"मानवअधिकार उल्लङ्‍घनमा संलग्न भएको विश्वसनीय आरोप लागेकाहरूविरुद्ध संयुक्त राष्ट्रसङ्‍घको सेवामा बढुवा वा मनोनयनमार्फत् पुरस्कार दिनु र महाराजगन्जनमा यातना र बेपत्ता पार्ने कार्य भएको थियो भन्ने कुरा अस्वीकार गर्नुले दण्डहीनता अन्त्य गर्ने सरकारको कुनै पनि साँचो प्रयासलाई अवमूल्यन गर्नेछ," रिचर्ड बेनेटले भन्नुभयो। "यी आरोपहरूलाई गम्भीरताका साथ लिनुपर्छ र पूर्ण रूपमा अनुसन्धान गरिनुपर्छ।"

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।