वीरगंज, २5 भदौ । अपहरित विद्यार्थीको रिहाइको लागि प्रहरीले कुनै पहल नगरेको आरोप लगाउंदै स्वतन्त्र विद्यार्थी युनियन ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा एक घण्टा धर्ना दिएका छन्।
आज बिहान जिप्रका पर्सामा धर्ना िदंदै विद्यार्थीहरुले प्रशासनविरुद्ध नारा लगाएका थिए। उनीहरुले अपहरित विद्यार्थी यादवको रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।
गत भदौ २२ गते सांझ वीरगंजको भिस्वा नजिकै बाट हतियारधारी दुइ जनाले बन्दूक देखाइ सर्लाहीको सिसैरिया वडा नं। २ निवासी हाल ठाराब क्याम्पस बीएड तेश्रो वर्षमा अध्ययनरत छात्र अमितकुमार यादवको अपहरण गरेको थियो।
Comments
Post a Comment