वीरगंज २१ भदौ । चार वर्ष अघि आफनो छोरालाइ बम्बइमा काम लगाइदिन्छु भनेर बेपत्ता गर्ने तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा दर्ता नगरेको पर्सा भवराटार निवासी साविर देवानले आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा बोल्दै देवानले भने वीरगंजको नारायणी एफएममा कार्यरत रिपोर्टर तथा आफनै भतिजा अलि असगर देवानले आफूसंग नगद असूलेर मुद्दा दर्ता गराइदिने आश्वासन दिए पनि हालसम्म भागी हिडेको छ।
पर्सा भवराटार निवासी जैनुद्दिन अन्सारी सौकत अलि अन्सारी र हिम्मत अलि अन्सारीले साविर देवानको २७ वर्षीय बरकत देवानलाई काम लगाइदिने आश्वासन िदंदै बम्बइ लगेर बेपत्ता बनाएपछि तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता गराउन पर्साका डिएसपी मसाउद अलि खांले मुद्दा दर्ता नगरेको पीडित साविरको भनाइ छ।
नारायणी एफएममा कार्यरत पत्रकार तथा आफनै भजिता अलि असगर देवानले सात हजार नगद र २५ सय रुपैयाको अन्य सामान लिएर मुद्दा दर्ता गराइदिने आश्वासन दिए पनि हालसम्म भागी हिडेको बताए।
Comments
Post a Comment