Skip to main content

शक्ति पीठहरुमा पुजा गर्दा फोहर नहोऊन

काठमाडौं, ४ असोज। सनिवार घटस्थापना शुरु भएपछि देशभरका शक्ति पीठ र मन्दिरहरुमा दर्शनार्थीहरुको ओइरो लाग्ोको छ। तर भक्तजनहरुको अब्यबस्थित पुजाआजाले मन्दिर परिसरमा दर्ुगन्ध फैलिनुका साथै फोहर देखिने गरिएको छ।
जथाभाबी अक्षता, दक्षिणा र नैबैद्य फ्याँकेर पुजा गर्नाले यस्तो स्थिति उत्पन्न भएको हो। दर्शनार्थीहरुले आफुले चढाएका चीजबीज धार्मिक र सामाजिक कार्यको लागि प्रयोग हुन दिन सामाग्रीहरु मिसाएर चढाउनु हुदैन।
खाद्य, अखाद्य, रंग अबिर, धुपबती, दक्षिणा आदि बस्तु छुट्टयाएर पुजा थाली पुजारीलाइ दिनु भक्तजनहरुको दायित्व हो। मन्दिरमा यी बस्तुहरु संकलन गर्न बेग्लाबेग्लै भाँडोको ब्यबस्था गरी मन्दिर परिसर फोहर हुन नदिनु मन्दिर ब्यबस्थापन समितीको कर्तब्य हो।
खाद्य बस्तुहरुमा चामल, अक्षता, र फलफुल तथा नरिवल एवं मिर्ठाई छुट्टयाएर राखेमा पुजारी र दर्शनार्थीहरुको लागि प्रसादको रुपमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी आँप, स्याउ, नरिवल, सुन्तला, अंगुर जस्ता फलफुल छुट्टै संकलन गरी भक्तजनहरुलाइ प्रसादको रुपमा बाँडिनु पर्दछ। मिठाइका परिकारहरु जेरी, पैडा, लड्डु बर्फी आदि पनि छुट्टाएर प्रसादका रुपमा दर्शनार्थीहरुलाइ बाड्न सकिन्छ।
रंगहरुको अब्यबस्थित प्रयोगले मन्दिरको रुपरंग नराम्रो र फोहर हुन नदिन भक्तजनहरुले रंग अबिर एउटै भाडोमा राख्नु पर्दछ। टिका ग्रहण गर्न चाहनेले यही भाडोबाट रंगअबिर प्रयाग गर्न सक्दछन। कपडा, चुरा, ऐना, धागो जस्ता सामाग्री पनि छुट्टयाएर संकालन गरी, यी बस्तुको आबश्यकता भएका भक्तजनहरुलाइ दान दिन सकिन्छ।
नरिवल फोर्दा मन्दिरका कलाकृतिहरु ब्रि्रने हुदा, नरिवाल फोर्न मन्दिरको निश्चित स्थान मात्र प्रयोग गर्नु पर्दछ। जथाभाबी बलि चढाउदा आलो रगतको कारण बिभत्स दृष्य देखिने हुँदा कमजोर मानिसहरुलाई एलर्जी हुने भएकोले मन्दिरको गुहृय स्थान मात्र बलि चढाइनु पर्दछ। साथै रगत भर्ुइमा नपर्ने तरिका अप्नाएर होसियार पर्ुबक काटमारका काम गर्न सकिन्छ।
अब्यबस्थ्िात तरिकाले धुपबतीे बाल्नाले नौरातकादिनमा हुने भीडभाडमा सास फर्ेन कठिन हुन्छ। धुपहरु संकलन गरी मन्दिरहरुको नियमित नित्य पुजाको लागि प्रयोग गर्नु पर्दछ। दिउँसै बालिने बतीको कुनै अर्थ नै हुदैन। बती बाल्न चाहने भक्तजनहरुले बती र तेल छुट्टाछुट्टै पुजारी बर्गलाइ उपलब्ध गराउनु पर्दछ। साँझको बेलामा मन्दिर क्षेत्र झकिझकाउ र उज्यालो पार्न यी तेल र बतीको प्रयोग गर्न सकिन्छ।
दक्षिणा र पैसा संकलन गर्न चन्दा बाकसको ब्यबस्था हुनु पर्दछ। भक्तजनहरुले इच्छाएको नगद र पैसा यो बाकसमा खसाले शक्तिपीठ ब्यबस्थापनलाइ खर्चको जोहो गर्न सजिलो हुन्छ। यसबाट भक्तजनले चढाएको रकमको दुरुपयोग र भ्रष्टाचार हुने संम्भाबना न्यून रहन्छ। ढलौटका सिक्काहरु फ्याँकेर चढाउने कामले पुण्य मिल्दैन बरु कसैलाई सो सिक्काले लागेर चोट पुगे पापको भागीदार हुनु पर्दछ। त्यसैले पैसा फ्याक्ने काम कसैबाट पनि हुनु हुदैन।
पात पतिगंर, टपरी, फलफुलका बोक्रा, कागजका टुक्राहरु कम्पोष्ट बनाउनका लागि पठाउन सकिन्छ। बिभिन्न रंगका फूलहरु संकलन गरी्, त्यसलाइ नबिगारी मन्दिरमा सिगार्नु पर्दछ। बाँकी रहेका फुल शीरमा श्रृगार गर्न चाहने भक्तजनहरुलाइ उपलब्ध गराउनु पर्दछ।
लाईन नाघेर वा बीचबाट पसेर गरिने देबदर्शन धर्मको नाममा ढोङग मात्रै हो। आफुलाई जति हतार हुन्छ, त्यति नै अरुलाई पनि हुन्छ भन्ने कुराको ख्याल सबै भक्तजनहरुले राख्नै पर्छ। शक्ति पीठहरुको नित्यपुजा लामो हुने भएकोले पुजा समयमा लाईन अघि नबढ्नु स्वभाबिक हो। अपत्यारिलो लाईन बर्साईबाट मुक्ति पाउन नित्यपुजा शुरु हुनु भन्दा अघि दर्शन गरी सक्ने भए मात्र लाईनमा बस्नु उचित हुन्छ। प्राय जसो शक्तिपीठहरुमा मध्यान्ह १२ बजेदेखि साढे एक बजे सम्म करीब डेढ घण्टा नित्य पुजा हुनु गर्दछ।
दशंैमा नित्यपुजा शुरु हुनु भन्दा आधा घण्टा अघिबाटै आम जनतालाइ सफासुग्घर गर्ने बहानामा मन्दिरमा दर्शन गर्न दिइदैन। यदि पहिले नै पुजाको ब्यबस्था सफासुग्घर पर्ुबक गरेमा आम नागरीकले कम समय लाईन बसेर देब दर्शन गर्न पाउने कुरा मन्दिर ब्यबस्थापन समितीले बुझ्न अपरिहार्य छ।
गणतन्त्र नेपालका राजा महाराजा वा राष्ट्रप्रमुखहरु पनि देव दर्शनमा आउने गर्दछन् तर तिनको उपस्थिति जनताका लागि कुनै अर्थ राख्दैन। बरु तिनको सुरक्षाका लागि अपनाइने सुरक्षा संयन्त्रको जन्जिरले भक्तजनहरुलाइ आबतजावत गर्न असजिलो हुन्छ। धर्म र संस्कृतिका नाममा राष्ट्रप्रमुख लगायत कसैले पनि अरुलाइ अप्ठेरोमा पारी पाप कर्म गर्नु हुदैन। पुजा चढाउदा फोहर र दर्ुगन्ध फैलिन नदिन सबै पक्ष सचेत रहन आबश्यक छ। सफा राख्नु पर्ने ठाउँमा फोहर गरेमा धर्म र पुण्य प्राप्ति त हुदै हुदैन, बरु रोगको संक्रमण हुने सम्भावना हुन्छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।