वीरगंज २६ भदौ । स्वाइन फलुरोगबारे जनचेतना जगाउने उद्देश्यले स्नेही नेपाल सामाजिक संस्थाले एक रयाली प्रदर्शन गरेको छ।
आज वीरगंजको घण्टाघरबाट स्कूल र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा निस्किएको सो रयालीले स्वाइन फ्लुबाट बचौं नारा लगाउंदै घण्टाघरमै पुगी विसर्जन भएको थियो।
रयालीमा सहभागी विद्यार्थीहरुले विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए। फलु रोगको महामारी फैलिने सम्भावना देखिएकोले पूर्व सतर्कता अपनाउन रयालीको आयोजना गरिएको आयोजकले जनाएको छ।
Comments
Post a Comment