वीरगंज १९ भदौ । वीरगंज उद्योग वाणिज्य संघ वाणिज्य समितिका संयोजक तथा उपाध्यक्ष अशोक कुमार टेमानीको अध्यक्षतामा आज ट्राफिक इन्सपेक्टर एकनारायण कोइरालासंग एक समारोहका बीच संघकै कार्यकक्षमा सम्पन्न भयो।
वीरगंजको ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने उद्देश्यले वाणिज्य समितिले छलफल कार्यक्रमको आयोजना गरेको हो।
उक्त अवसरमा समितिका संयोजक अशोक टेमानीले यता केही दिनदेखि वीरगंज भन्सारमा भइरहेको बढ्दो ट्राफिक जामका कारण वीरगंज-रक्सौल आवत जावत गर्ने सर्वसाधारणले अत्यन्तै कठिनाई भोग्नु परिरहेको तर्फ ट्राफिक इन्सपेक्टरको ध्यानाकर्षण गराएका थिए। ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई नियम पालना गराउन ट्राफिक प्रहरी प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने धारणा संयोजक टेमानीले राखेका थिए। आ-आफनो दायित्व र कर्तव्यबाट पन्छिने कार्य सबैतिरबाट भइरहेकोले एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा पनि आफनो जिम्मेवारी के हो सो अनुरुप कार्य सम्पादन गर्ने परिपाटी बसाल्न सबैको साझा भूमिका रहेको विचार सहभागी वक्ताहरुले व्यक्त गरेका थिए।
उक्त अवसरमा ट्राफिक इन्सपेक्टर एकनारायण कोइारालाले वीरगंज भन्सारमा भइरहेको बढ्दो जामलाई व्यवस्थित तुल्याउन आपुू सकि्रयतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले नगरभित्रको ट्राफिक व्यवस्थापन पार्किङको व्यवस्थालाई समेत व्यवस्थित गर्न वीउमनपा लगायत सरोकारवाला निकायहरुसँग सहकार्य भइरहेको र विगतको तुलनामा ट्राफिक नियम उल्लंघनकर्ताको संख्यामा कमी आउनुको पछाडि ट्राफिक प्रहरीको प्रभावकारिताबाटै सम्भव भएको दावी समेत गरेका थिए।
छलफल कार्यक्रममा संघका महासचिव गोपाल केडिया कोषाध्यक्ष प्रदीप केडिया सचिव दीपक टिबडेवाल सह-सचिव तारा प्रसाद गुप्ता व्यवसायी मनोज शर्मा पवन सिस्का लगायतको उपस्थिति रहेको थियो।

Comments
Post a Comment