वीरगंज, २६ भदौ । बिना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले २०६७ साल जेठ १४ गते भित्र संविधान लेखनपछि घोषणा गरिने बताएका छन्।
आज मन्त्री एवं सदभावनाका केन्द्रीय उपाध्यक्ष लक्ष्मणलाल कर्णको स्वागत एवं सम्मानमा कि्रयाशील युवा पत्रकार मंच नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
हिन्दी भाषामा बोल्दै मन्त्री कर्णले पहाडी क्षेत्रको सम्पर्क भाषा नेपाली हो भने मधेशको सम्पर्क भाषा हिन्दी हो भन्नुहुंंदै हिन्दी भारतको राष्ट्र भाषा नभएको दाबी गरे।
कर्णले नेपाल-भारत सीमा दशगजामा मा धान खेती भएको भन्दै सीमा अतिक्रमणप्रति राजनीति र कुटनीति पहलबाट समाधान खोजिने बताए।
कि्रयाशील युवा पत्रकार मंच नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाह र स्वागत मन्तव्य जगत राइले गरेका थिए।
यसैवीच नेपाल बार एसोसिएसन पर्साले मन्त्री कर्णलाई दोसल्ला ओढाइ सम्म्मान गरेको छ।
Comments
Post a Comment