Skip to main content

वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर पितृको श्राद्ध

-ओम हमाल पोखरा २६ भदौ। बाहुनलाई बोलाएर श्राद्ध गरेमा स्वर्गीय पितृहरुले पाउँछन् र स्वर्गमा सुखको बास हुन्छ भन्ने नेपाली हिन्दू परम्परालाई चुनौति िदंदै पोखरा उपमहानगरपालिका वडा नं। ९ पृथ्वीचोकस्थित ए-वान ड्राइभिङ इन्ष्टिच्यूटका साचालक शिवप्रसाद वस्ताकोटी -शिवदाईका दाजूभाईले आज वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका छन्।

हिन्दूहरुको महानचाड बिजयादशमीपूर्व शुरु हुने सोर् ह श्राद्धमा पर्ने सप्तमी तिथिमा आफ्ना पितृलाई स्मरण गर्न गरिने श्राद्धका क्रममा वस्ताकोटीले आफ्ना दाजू रेशम वस्ताकोटीसहित पोखरा उपमहानगरपालिका वडा न। १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुगेर त्यहाँ वसोवास गर्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका हुन्।

आफ्ना स्वर्गीय पिताको स्मरणमा जीवितै रहेपनि अस्वस्थ र अशक्त अवस्थामा रहेका आफू जस्ता वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफूहरुलाई सम्मान गरिएकोमा वृद्धाश्रमका वृद्धवृद्धाहरु हर्षित मात्र थिएनन् आफूहरुलाई सम्मान गर्नेको भगवानले पनि कल्याण गरुन् भनेर कामना समेत गरेका थिए। सोही वृद्धाश्रममा विगत तीन वर्षदेखि वसोवास गर्दै आएका वृद्ध रामशरण अधिकारीले आफ्ना बाबु-आमा जीवितै रहँदा वेवास्ता गर्ने दुःख दिने तर मरेपछि बाहुन बोलाएर श्राद्ध गरी पिण्ड बनाएर खोलामा बगाउँदैमा धर्म नहुने बताउनुहुन्छ। वहाँ आफूलाई जन्म दिने मातापितालाई जीवितै रहँदा माया ममता दिई सम्मान गर्नुपर्छ भन्नुहुन्छ। वृद्ध अधिकारी अशक्त अवस्थामा बस्नुपरेका आफू जस्ता वृद्धवृद्धाको सम्मान गरे स्वर्गीय पितृको समेत सम्मान हुने कुरामा विश्वस्त हुनुहुन्छ।

उता वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना पितृको सम्मान गरेकोमा सन्तुष्टि व्यक्त गर्नुहुने शिवराज वस्ताकोटी आफ्ना स्वर्गीय पिताको सम्मान गर्न आफूले जीवितै तर अशक्त अवस्थामा रहेका वृद्धवृद्धाहरुलाई सम्मान गरेको बताउनुहुन्छ। वहाँले आफ्ना पिताको सम्झनामा श्राद्ध गर्ने नाममा घरमा पूजापाठ पनि गर्नुभएन र होम पनि लगाउनुभएन। वहाँले बाहुनलाई बोलाई पिण्ड दिएर मात्र मरेका पितृको श्राद्ध नहुने बताउनुहुँदै जीवितै तर अशक्त अवस्थामा रहेका आफ्ना बाबुआमा जस्ता वृद्धवृद्धालाई श्रद्धा गरेमा मात्र आफ्ना पितृहरुको श्राद्ध र श्रद्धा पनि हुने धारणा राख्नुहुन्छ। पश्चिमााचल ड्राइभिङ प्रशिक्षण एशोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका वस्ताकोटी मरेका आफ्ना पितृको नाममा बाहुन बोलाई पिण्ड खोलामा बगाउँदैमा पितृको श्राद्ध नहुने भएकाले जीवितै अवस्थामा रहेका वृद्धवृद्धाप्रति श्रद्धा गरेमा मात्र पितृको श्राद्ध हुने कुरा बताउनुहुन्छ।

आफू ६ वर्षको हुँदा पिता गुमाउनुभएका वस्ताकोटीले गएको वर्ष पनि सोही वृद्धाश्रममा पुगेर वृद्धवृद्धालाई फलफूल तथा भोजन गराएर आफ्नो पिताको वार्षिकी मनाउनुभएको थियो भने आगामी दिनहरुमा पनि आफूले यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। सो वृद्धाश्रममा महिला तथा पुरुष गरी ३ज्ञ जना वृद्धवृद्धा रहेका छन्।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।