Skip to main content

गलत समाचारले कतारका तस्करहरुमा खुशीयाली

-रमण रेग्मी कतार १९ भदौ । जनताका जनजीविकाका सवालमा पूर्णत असफल भइसकेको तर विभिन्न लाभका पद तथा शक्ति केन्द्रहरुमा मोटो रकम कमिसन खादै आसेपासेहरु भर्ती गर्नमा कुख्याती कमाएको जम्बो मन्त्री मण्डलको निर्णय र संचार मिडियाहरुको तालमेल नमिल्नाले खाडी मुलुक कतारमा केही समयको लागि अचम्मका घटनाक्रमको विकास भएको थियो।

गत बुधबार भएको मन्त्री परिषदको निर्णयको हवाला दिदै कतारका लागि मधुबरण पौडेललाई राजदूतमा सिफारिस गरिएको खबर प्रकाशित भएपछि मानवतस्करीका लागि मुख्य बाधक बनेका तथा नेपालीहरुलाई विदेश ल्याएर अलपत्र पार्ने व्यक्तिहरुलाई हदै सम्मको कार्वाही गरि दलाल तथा मानवतस्करहरुलाई डिपोर्टेसन सम्म गरिरहेका वर्तमान राजदुत डा। सूर्यनाथ मिश्र अब फिर्ता हुने भयो भन्ने खुसियालीमा मानवतस्करहरुले सानदार पार्टीको आयोजना गर्न खोजेको विश्वस्त सुत्रबाट थाहा भएको हो।

केही समय पहिला राजदूतावासले आयोजना गरेको कार्यक्रममा उपस्थिती भएर दलाल र मानवतस्करहरुलाई सक्दो कारवाही गर्नुपर्छ भनेर भाषण गर्ने व्यक्तिहरु नै उक्त खुसियाली पार्टीको तयारीमा लागेको भेद खुलेको छ । केही मिडियाहरुमा आएको उक्त समाचार भ्रमपूर्ण नै भएपनि वास्तविक मजदुरहरुमा वर्तमान राजदुतलाई मानवतस्करहरुको लहैलहैमा लागेर कमिसनखोर सरकारले फिर्ता गर्न लागेकोमा पीडा र आक्रोश दुवै थियो भने समाजवादीको खोल ओढेका मानवतस्करहरुमा भने हर्षोल्लास छाएको थियो तर यथार्थ रुपमा कतारको लागि नभै कुवेतको लागि राजदूतको सिफारिस गरिएको थाहा भएपछि मानवतस्करहरुको खुसी भदौरे भेल झै सेलाएको छ भने यदि मिडियाहरुले यस्तै भ्रमपूर्ण समाचारहरु पस्किरहने हो भने नेपाली जनताले कहिलेसम्म नेपाली मिडियाहरुको विश्वास गरिरहने भन्ने आशंका समेत पैदा भएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।