-राजेन्द्र खनाल काठमाडौं २६ भदौ। नेकपा एमालेभित्र तीव्र मतभेद उत्पन्न भइरहेको बेला नेपालका कम्युनिष्टहरुको उर्भरभूमि झापा भने चुनावी सरगर्मी बढेको छ। एमालेको झापा जिल्ला अधिवेसन शुक्रवार एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरे। २६२७ र २८ गरि तीन दिनसम्म चल्ले आठौं अधिवसेनले जिल्लाको नयाँ नेतृत्व समेत छनोट गर्नेछ। अध्यक्षमा रविन कोइराला र रोम ओली चुनावी मैदानमा उत्रिदै छन्।
२०४७ सालदेखी निरन्तर जिल्लाकमिटिमा रहेर काम गरेका कोइराला कार्यकर्ता माझ लोकपि्रय भएका कारण यसपटको जिल्ला नेतृत्व उनको पक्षमा जाने सभ्भावना छ। झापामा नयाँ सोच भएका मान्छे आउन जरुरी छ अहिलेको परिस्थितीमा नेतृत्व चलाउन सक्षम हुनु र सबैको भावना समेटेर अगाडी बढेको कारण मेरो जित कडी हो कोइरालाले भने। कोइराला पूर्व मेयर हुन भने पटक पटक अखिलको केन्द्रयि सदस्य भइसकेका छन्। उनको चुनावी टोली समावेशी समेत छ। कोइरालाको पक्षबाट उपाध्यक्षमा लोकबहादुर धिमाल सचिवमा विर्ख प्रधान र सहसचिवमा विमला विश्वकर्मा चुनावी मैदानमा छन् भने ओलीको पक्षबाट उपाध्यक्षमा हरिचरण सिवाकोटी सचिवमा चिन्तन पाठक र सहसचिवमा बद्री भट्टराई छन्।
Comments
Post a Comment