वीरगंज २५ भदौ । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष बालकृष्ण चापागाइले देशलाई लोकतन्त्र र गणतन्त्रसम्म ल्याउन पत्रकार जगतले ठूलो भूमिका खेलेको दाबी गरेका छन्।
आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा राष्ट्रिय सहारा दैनिकको सातौ वार्षिकोत्सवको अवसरमा आयोजित संचारजगत माथिको आक्रमण र वर्तमान सरकारको भूमिका विषयक गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन्।
चापागाइले मुलुकलाई दिशा निर्देशन गर्ने पहिलो काम पत्रकार जगतकै रहेको भन्दै देशलाइ कतातिर लैजाने दायित्व पत्रकारहरुको रहेको बताए। पत्रकारले जस्तो सूचना प्रवाह गर्छ समाज त्यतैतिर अवतरण हुने दाबी गर्दै चापागाइले भने -राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर कलम पत्रकारले चलाउनुपर्छ कसैसंग नडराउनुस् कफन बांधेर लेख्नुहोस्।
राष्ट्रिय सहारा दैनिकका प्रकाशक एवं सम्पादक चन्द्रभूषण साहको सभापतित्वमा सम्पन्न गोष्ठीमा संचारकर्मी अधिकारकर्मी लगायतको उपस्थिति थियो।
Comments
Post a Comment