वीरगंज २६ भदौ । बडा दशैं नजिकिदै जांदा बजारमा दाल चामल र तरकारीको भाउ अकासिएपछि महिला विद्यार्थी तथा सर्वसाधारणहरु महंगीविरुद्ध सडकमा उत्रिएका छन्।
आज वीरगंजको घण्टाघरबाट महिला सुरक्षु दबाब समूह वीरगंजको नेतृत्वमा निस्किएको महंगीविरुद्ध रयालीले विभिन्न नारा लगाउंदै बजार परिक्रमा गरेको थियो।
रयालीमा सहभागीहरुले महंगी नियन्त्रण गर कालाबजारियालाई कारबाही गर मूल्य सूची अनिवार्य गर लगायतको नारा लगाएका थिए।
आजसम्म नेपाली जनताले महंगीको यति भयानक अवस्था झेल्नु परेको थिएन कहालीलाग्दो महंगीमा सरकार मूकदर्शक भएर बसेको आयोजकले जनाएको छ।
Comments
Post a Comment