-प्रणय कुमार-
वीरगंज, २८ असोज । वीरगंज फेन्सी स्टोरका संचालक विनोद अग्रवालको हत्या भएको तेस्रो दिन हिजो बेलुकी दुइ साना व्यापारीहरु माथि गोली प्रहा भएको छ ।
भारत आदापुर घर भई वीरगंज ७ मेनरोडमा कपडाको पसल रहेको राजु साह कानुलाई बेलुकी ९ः१५ बजे तिर गोली प्रहार भएको थियो। राजु माथि भएको गोली प्रहारको आधा घण्टापछि मात्र सोही वडा नं. ७ अर्न्तर्गत राणीसति मन्दिर अगाडी रहेकेा मनोज हरलालकालाई पसलमै पसेर गोली हानिएको थियो। राजुलाई गोली हान्ने दुइजना शंकास्पद ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अबिनाश रौनियार र राजेन्द्र पासवान रहेको छन्।
हरलालकालाई गोली हिर्काउंदा २० मिटर नजिकमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक पुगेका थिए। शसस्त्र प्रहरीको ठूलो संख्यामा होटल सूरज अगाडी उपस्थिति भएपनि गोली हिर्काउने सजिलै उम्कन सफल भएको थियो । र्घाईते दुवैलाई उपचारका लागि आज बिहान काठमाण्डौ रेफर गरिएको छ ।

Comments
Post a Comment