वीरगंज, ३० असोज । गृहजिल्ला रौतहट आइपुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई एकीकृत नेकपा माओवादीका कायृकर्ताले आज बिहान कालो झण्डा देखाउने क्रममा प्रहरीसित झडप भएको समाचार प्राप्त भएको छ।
तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्न पुगेका प्रधानमन्त्री नेपाललाइ आज बिहान रौतहटको बीपी चोक नजिकै माओवादीका जिल्ला इन्चार्ज अशोक जैसवाल लगायतले कालो झन्डा देखाउने क्रममा प्रहरीले जैसवालसहित १० जनालाइ पक्राउ गरेको छ। झडपमा प्रहरी निरीक्षक चन्द्रबहादुर तामाङ पनि घाइते भएका छन् भने केही माओवादी कार्यकर्ता पनि घाइते भएका छन्।
अहिले प्रधानमन्त्रीको सुरक्ष्ँाको लागि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Comments
Post a Comment