Skip to main content

वीउवासंघद्वारा कडा विरोध

वीरगंज, २८ असोज । स्थानीय व्यवसायी विनोद अग्रवालको असोज २४ गते अपराधीद्वारा गरिएको निर्मम हत्याको ठीक ३ दिन पछि असोज २७ गते राति १० बजे स्थानीय व्यवसायीद्वय राजु गुप्ता र मनोज हरलालका माथि पुनः अपराधी समूहद्वारा गरिएको साङ्घातिक आक्रमणको वीरगंज उद्योग वाणिज्य संघले विरोध गरेको छ।
आज वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय व्यापारीहरुले एक विरोध रयाली पर््रदर्शन गर्दै प्रजिअलाइ ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय उद्योगी व्यवसायी सम्मिलित एक टोलीले आज पर्साका प्रमुख जिल्ला अधिकारी मार्फ् गृहमन्त्री समक्ष ज्ञापन बुझाएका छन्।
ज्ञापन पत्रमा नगरको मध्य भागमा अपराधीद्वारा फिल्मी शैलीमा आएर गोली प्रहार गर्ने र सो पश्चात् आप\mनो पहिचान "बागड बिल्ला, जिन्दावाद" को नारा लगाएर निर्वाध रुपमा भाग्न सफल हुनुले स्थानीय स्तरमा रहेका प्रहरी र प्रशासनको सुरक्षा व्यवस्थाको खुला रुपमा खिल्ली उडाएको मात्र छैन, स्थानीय सुरक्षा निकायको अकर्मणयता र शान्ति सुरक्षा प्रतिको उदासीनतालाई एक पटक फेरि उजागर गरेको कुरा उल्लेख छ।
संघले विगतमा कैयौं पटक स्थानीय सुरक्षा निकायहरु समक्ष वीरगंजलाई सुरक्षित राख्न प्रभावकारी विशेष सुरक्षा योजना ल्याउनुपर्ने माग राख्दै लिखित एवं मौखिक रुपमा आग्रह गर्दै आइरहेको भएतापनि सम्बद्ध पक्षको सम्वेदनहीनताका कारण शृङ्खलाबद्ध हत्या हिंसाले परिस्थिति झनै प्रतिकूल बन्दै गइरहेको छ । जसको सम्पर्ूण्ा जिम्मेवारी वर्तमान सरकार र त्यस मातहतका निकायहरुले लिनुपर्ने स्पष्ट धारणा संघको रहेको छ।
शान्ति सुरक्षा कायम गर्न सरकारले विशेष सुरक्षा योजना ल्याउने तयारी गरिरहेको र्सार्वजनिक अभिव्यक्ति व्यक्त भइरहेकै बखत मुलुकको प्रमुख औद्योगिक नगर वीरगंजमा दिनहुँ जसो भइरहेको आपराधिक क्रियाकलापले विशेष सुरक्षा योजनालाई खुला रुपमा चुनौती दिइरहेको कुरा ज्ञापन पत्रमा उल्लेख छ।
ब्रि्रदो शान्ति सुरक्षाका कारण आम नागरिकमा व्याप्त भय र त्रासको वातावरणलाई निराकरण गर्न वर्तमान सरकारले अविलम्ब यस क्षेत्रमा विशेष सुरक्षा योजना कार्यान्वयन गरि प्रभावकारी शान्ति सुव्यवस्था बहाल गर्न वर्तमान सरकार समक्ष ज्ञापन पत्र मार्फ् माग गरिएको छ।
यताका दिनमा अनेकानेक आपराधिक समूहका नाममा भइरहेको आपराधिक क्रियाकलापलाई यथाशीघ्र नियन्त्रण गर्न स्थानीय स्तरमा अधिकार सम्पन्न छुट्टै अपराध नियन्त्रण एकाइ गठन गर्न समेत संघ माग गर्दछ । मिति २०६५ पौष ७ गते व्यवसायी राजेश क्यालको हत्याको ९ महिना पश्चात् मिति २०६६/६/२४ गते अर्का व्यापारी विनोद अग्रवालको हत्यासँगै २७ गते व्यवसायीद्वय माथि गरिएको साङ्घातिक आक्रमणका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरीबाट घटनामा संलग्न अपराधीहरुलाई पक्राउ, कारवाही, अनुसन्धान लगायत हालसम्म भए गरेका प्रयासहरु सम्बन्धमा आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले एक श्वेत पत्र जारी गर्न संघ सम्बन्धित निकायको ध्यानाकर्षा गराउँदै शृङ्खलाबद्ध रुपमा भइरहेको आपराधिक क्रियाकलाप, हत्या हिंसाको प्रकरण, चोरी र लुटपाटका घटना एउटा निश्चित समय सिमाभित्र नियन्त्रण गरी घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र पक्राउ गरि आउँदा दिनहरुमा यस्ता घटना दोहरिन नपाओस् भनि सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छौं भनि ज्ञापन पत्रमा उल्लेख छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।