काठमाडौं, ९ कार्तिक। विभिन्न ११ राष्ट्रका युवाले समाजमा अलौकिक शक्ति भएको भन्दै आफनो प्रभुत्व जमाएर बसेको जमातलाई मानिसमा हुने बाहेकको शक्ति प्रमाणित गर्न सके ६ करोड पुरस्कार दिने घोषणा गरेका छन्।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, नर्वे, जर्मनी लगायतका ७० जना प्रतिनिधि सहभागि काठमाडौं सम्म्मेलनमा युवाहरुले अन्तिम दिन आज पत्रकार सम्मेलन गरि यस्तो घोषणा गरेका हुन्। उनीहरुले , टुना मुना, धामी झाँक्रि लगाएत शक्तिको धाक लगाएर बसेकाहरुलाई यस्तो शक्ति प्रमाणित गर्न चुनौति दिएका हुन्।
सोच नेपाल र मानवतावादी नैतिक युवा संस्थाको पहलमा भएको धर्म निरपेक्षता मानव अधिकार रक्षाकालागि खुल्ला ढोका विषयक पाँचदिने सम्मेलनमा सहभागि युवाहरुले समाजमा धर्मको आडमा जादु जस्ता झुक्याउने काम गरेर लगातार ठग्दै आएको समुहदेखि सचेत हुन आग्रह गरेका थिए।
सम्मेलनको समापन कार्यक्रमममा बोल्दै विज्ञानमन्त्री इन्द्र प्रसाद ढंुंगेलले समाजमा रहेको अन्ध विश्वास हटाउन सक्दो पहल गर्ने बताउनुभएको थियो । उहाँले विज्ञानको आधारमा अघि बढ्नुपर्ने बताउनुभयो।

Comments
Post a Comment