Skip to main content

छठ पर्वको आज विधिवत समापन गरिदै

-प्रणय कुमार-
वीरगंज ९ कार्तिक। निष्ठा, एकता एवं भक्ति तथा धार्मिक अनुसंठानका साथ
विगत चार दिन देखि शुरु भएको छठ पर्व आज उदाउँदो सूर्यलाई अर्ध्यदिएरै
समापन गरिदएको छ। नुहाएर लौका एवं फर्सिको तरकारी र मंसिर महिनामा
उत्पादन हुने धानको चामलको भात खाएर शुरु भएको योे पर्व आज ब्रतालुहरुले
उदाउँदो सूर्यलाई अर्ध्य दिई सम्पन्न गरेका छन्। ब्रत सम्पन्न गर्नका
लागि आज देश भरीका लगाएत पर्साको मुख्य घाट घडीअर्वा पोखरी तथा रानीघाट,
छप्कैयाँ , नगवा तथा सिर्सिया नदिको किनारमा र वाराको राम जानकी, मोतिसर,
च्ािम्नीमाइ लगाएतका घाट हरुमा ब्रतालुहरु जम्मा भई उदाउँदो सूर्य
प्रतिक्षा गरेका थिए। लगातार चार दिनको ब्रत पछि सूर्य भगवान तथा छठि
मैयाँले चिताएको कुरा पुर्याउँछन् भन्ने ब्रतालुहरुमा धार्मिक विश्वास
रहेको छ। ब्रत समापन पश्चात छठको विशेष प्रसाद ठेकुवा, नरिवल, केरा,
उँखु, बतासा तथा सख्खर मिसाएर चामलको पिठोबाट बनाईएका विभिन्न परिकारहरु
आफन्त र छरछिमेकमा बाँढ्ने चलन रहको छ। छठ प्रसाद जतिधेरैलाई बाँढ्यो
त्यत्ति नै पुण्य कमाईने धार्मिक विश्वास रहेको छ। गत वर्षभन्दा यस पटक
वीरगंजको घडिअर्वा पोखरीमा सुरक्षा संयन्त्र कडा बनाउन पहिलो पटक सिसि
टिभि अर्थात १० वटा क्यामेरा जडान गरिएकाले चोरीको गतिविधि हुन नपाएको
व्यवस्थापन समितिले जनाएको छ।

परम्परा संकटमा,वीरगंजमा केहीले घरमै छठ मनाए

छठमा जालाशयमा गएर सूर्यको पुजा गर्नै पर्ने भन्ने निति नियम रहिआएकोमा
वीरगंजमा सवैले घाटमै गएर छठ पर्व मनाएनन् भन्दा अनौठो लाग्ला तर
वीरगंजका केही परिवारले घरको छतमा छठ मनाएका छन्। वीरगंजको मारवाडी
समुदायका केही परिवारले यसरी छठ मनाएका हुन। घरको छतमा खोलाको पानि
ल्याएर तामाको ठुलो बाटामा जमाएर ल्यसैलाई नदि मानी उनिहरुले पुजाआज गरे।
नदि तलाउको घाट धेरै भिडभाड हुने गरेकोले घरको छतमै सुविस्ताले छठ मनाएको
उनिहरुले बताए। यसरी छठ मनाउन वीरगंजका आठ दश वटा मारवाडी समुदायका
परिवारहरु यसै छतमा जम्मा भएका थिए। यिनिहरुले विगत पाँच सात बर्षदेखि नै
यसरी नै छठ मनाउँदै आएका छन्। घरमै मनाएपनि आफुहरुले कुनैपनि विधि
नछाड्ने उनिहरुको भनाई छ। घरको छतमै विधि पर्ुवक छठ मनाउनु सुविस्ताको
हिसावलेे त सही हो , तर तर्राईका ब्रतालुहरुले नै घाट जानाको गाह्रोले
यसरी घरमै छठ मनाउन सुरु गरेपछि यसले छठ मनाउने हाम्रो परम्परागत विधिलाई
संकटमा नपार्ला त रु यस तर्फकहिले सोच्ने रु

घडीअर्वालाई यस पालिपनि दुल्ही झै सिड.गारियो
तर्राईमा धुमधामसित मनाईने छठ पर्वको आज पहिलो दिन खर्ना। दिनभर ब्रत
गरेर साँझ ब्रतालुले रसिया रोटी भनिने दूध, अरुवा चामल र सख्खर मिसाएर
बनाइएको खिर र पुरी खाने गर्छन्। रसिया रोटी खाएपछि ब्रतालुले ३६ घण्टा
पानी समेत नपिइकन एकैचोटी पर्सर्ीीदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र
प्रसाद खान्छन्। वीरगन्जमा छठ पर्वका लागि सूर्य आराधना गर्न ब्रतालुहरु
जमघट हुने घाटको सजावटमा प्रतिस्पर्धा हुने गरेको छ। खासगरी घडीअर्वा,
रानीघाट, नगवाका छठ पूजा समितिले घाटलाई भव्य बनाउन ठूलो धनराशी खर्च
गरेको छ । वीरगन्जको प्रख्यात घडीअर्वा पोखरी यतिबेला धनाढ्य परिवारकी
दुलहीको घर झैं सिंगारिएको छ। वीरगन्ज उपमहानगरपालिकाले घडीअर्वा पोखरीको
डिजाइन छठ पर्वका ब्रतालुहरुलाई सजिलो हुनेगरी बनाएको छ । पर्वकै लागि
यहाँ सूर्य मन्दिरसमेत निर्माण गरिएको छ। बितेको चार वर्षेखि पोखरीको
साजसज्जा र तामझाममा लाखौं रुपैयाँ खर्च गर्न थालिएको छ। छठ पूजा समितिले
यसपालि पण्डालका लागि मात्र चार लाख भन्दा बढी खर्च गर्ने भएको छ।
रानीघाट छठ पूजा समितिले पनि घडीअर्वाको तामझामलाई नै टक्कर दिने गरी छठ
पूजाका लागि सिंगारपटार गरेको छ। घडीअर्वामा रहेको सूर्य मन्दिर जस्तै
यहां पनि छठी मैयाँको मर्ूर्ती बनाइएको छ। सिर्सिया किनारामा पूजा
समितिले भव्य पण्डाल समेत निर्माण गरेको छ। वीरगन्जका एक दर्जनजति
ठाउँमा भोलि साँझ र पर्सि बिहान सूर्यलाई अर्घ दिन, घाट सजिसजाउ गरिएको
छ। छठ पूजाको तामझाममा हुने खर्चका लागि आयोजकहरुले चिठ्ठा सञ्चालन
गर्नुका साथै विज्ञापन र चन्दा समेत संकलन गर्ने गरेका छन्।

छठ पर्वमा बढ्दो प्रतिस्पर्धा

तर्राईवासीको महान् पर्व छठ पूजाको व्यवस्थापनमा बढी तामझाम र
प्रतिस्पर्धा बढेको छ। छठ पूजा गर्ने विधी पुरानै भएतापनि यता केही
वर्षेखि वीरगंजमा घाटको सजावट र भव्यता निर्माणमा प्रतिस्पर्धा हुन
थालेको छ। विभिन्न रङ्गीविरङ्गी टेन्ट/पन्डाल को निर्माण र घाटको सजावटमा
मात्रै लाखोै रकम खर्च गर्ने गरिएको छ। वीरगंजमा मुख्यतुःु घडिअर्वा
पोखरी परिसर, रानीघाट स्थित सिर्सिया नदीको किनार, मुड्ली र नगवामा बढी
रौनकता र भव्याताका साथ छठ पर्व मनाईने गरिन्छ। छठ पूजा भव्यताका साथ
सम्पन्न गर्न घडिअर्वा पोखरी परिसरमा यस वर्षकरिब आठ लाख रकम बरावरको
टेन्ट/पन्डाल, बिजूूली र फूूल सजावट, साउण्ड र्सर्विस, अतिथि सत्कारमा
खर्च छूूटयार्इर्र्को छठ व्यावस्थापन समितिका अध्यक्ष रामनगिना साह कानले
जानकारी गराउनुभएको छ। यसैगरि रानीघाट स्थित नदी किनारमा भगवानको
मर्ुर्ति निर्माण गरिएको छ। जिवीत भगवान र्सयको उपासना वसी अर्घ दिईने यस
पर्वमा भगवानको मूर्ुर्ति निर्माण,पन्डाल निर्माण र घाटको सजावटमा बढ्दै
गएको तामझामले छठ पर्वमा प्रतिस्पर्धा भएको प्रष्ट पार्छ भने यसले
व्यापारी , उधोग्ाी लगायत सरकारी कार्यालयहरुमा चन्दाको भार बृद्धि गरेको
छ। यधपि सामाजिक बिशलेषकहरु यसलाई फजूुलको खर्च र मधेसी समाजको विकृतिको
रुपमा व्याख्या गर्छन्। भोजपरी सांस्कृतिक समाजका अगवा डा. गोपाल अश्कले
खर्चिलो प्रतिस्पर्धाले यस महा पर्वको मौलिकतालाई ओझल गरिरहेका ओरोप
लगाउछन्। उनले रकमको सामाजिक कार्यमा सदूुपयोग गर्नमा जोड दिन्छन्।

छठ पर्व कसरी मनाईन्छ

छठ पर्व भनेको हिन्दूहरुको महान पर्व हो। उदाउदो सूर्यको पूजा त सबैले
नै गरिन तर हिन्दू धर्म अनुसार अस्थाउने सूर्यको पूजा गर्ने परम्परा पनि
छ। यो परम्पराले शक्तिशालीको मात्र होईन दर्ुलवहरुको पनि पूजा हिन्दू
धर्ममा गरिन्छ। जसको प्रमान छठ पूजाको रुपमा सबैको समुमा छ। छठ पर्वलाई
हर्षोललास र भब्यताका साथ मनाउन श्रद्धालु भक्तजनहरु अहिले बीरगंजका
सम्पर्ूण्ा पोखरी र नदी किनारको सरसर्फइ एवम सजावटमा ब्यस्त छन। बिगतमा
झै यस बर्षपनि ऐतिहासिक एवम सांस्कृतिक महत्व बोकेका घडिअर्वा पोखरी,
रानीघाट, नगवा र छपकैयाँ पोखरी तथा श्रीसियाँ नदी किनार लगायतका
क्षेत्रमा छठका लागि बिशेष तयारी चलिरहेको छ। छठ पूजा चौठी देखि सुरु
हुने गरिन्छ। त्यस दिन ब्रतालुहरुले खोला, नदी र पोखरीमा नुहाई धुवाई
शुद्ध भई चोखो माटोले आफ्नो घरको चुला भन्साघरलाई लिपपोत गरि चोखो खाना
खान्छन्। पंचमीका दिन जस्ालाई हामी खर्ना भन्ने गर्र्छौ। त्यस दिन
ब्रतालुहरुले दिनभरि एक थोपा पानी समेत नखाई साँझ पख नुहाएर चोखो भई
आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा चोखो माटोले बनाएको चुल्हो
स्थापना गरि खिर, रोटी र फलफूल लिने गरिन्छ। खरनाको भोलि पल्ट अर्थात
उपासकहरुले करिब ३० घण्टा सम्म एक थोपा पानी पनि नखाई धार्मिक बिधि
अनुरुप श्रद्धा र भक्तिपर्ूवक पूजा आजा गर्नमा लाग्छन्। छठ पर्वको सझिया
घाट अर्थात खष्टिका दिन श्रद्धालु भक्तजनहरु थरिथरिका फलफूलहरु जस्तै
जटासमेतको नरिवल, मुला, अदुवा, उँखु, मिर्ठाई, गेडागुडी र शुद्ध पिठोबाट
बनाईएका बिभिन्न परिकार तथा पूजा सामग्री समेत बासको टोकरीमा सजाएर
ब्रतालु अर्थात उपासकहरुले चोखो वा नयाँ लुगा लगाई छठको भजन र गीत गाउँदै
खोला, नदी, पोखरी एवम् तलाउका किनारमा गई धुप, दिप बाली छठीमाताको भजन
गाँउदै अस्ताउन लागेको सूर्यलाई अर्घ दिने गर्छन्। जसलाई हामी सूर्य
षष्ठी ब्रत पनि भन्ने गछौ। छठको गीत संगीत र लोक भाकाको ध्वनी
गुन्जिरहन्छ। पिठोका परिकार बनाउँदा पूजा सामग्री पोखरी वा नदी किनार
सम्म लैजाँदा र पूजा चलिरहँदा बेलामा पनि छठको गीत संगीत र लोकभाका
गाईरहन्छन। छठ पर्वको राती केही ब्रतालुहरु घर र्फकन्छन् भने केही
मात्रामा ब्रतालु अर्थात उपासकहरु रात भरी खोला वा पोखरीको किनारमा जागरण
गरि मङ्गल गीत गाई रात भरी पनि बस्ने गर्दछन्। छठ पर्वको राती ब्रतालुहरु
आफनो घर फर्कि कोशि पूजा गर्ने गर्छन। घर फर्केका ब्रतालुहरु बिहानै
उज्यालो हुनु भन्दा पहिला नदी, खोला र पोखरीका किनारमा पुगि त्यहाँ पनि
कोशी पूजा गरि उदाउने सूर्यको प्रतिक्षा गर्छन्। सूर्य उदाएका बेला खोला,
नदी र पोखरीको जलमा उभिएर दुध र गंगाजलबाट अर्घ दिई छठ पर्वको समापन
गरिन्छ। सप्तमीका दिन बिहान यो पूजा अरु सबै पूजा भन्दा पनि कठोर र
फलदायक पनि छ। यसको मान्यता अनुसार पूजा गर्ने श्रद्धालुहरुले
मनोवान्चितर् इच्छा फल प्राप्त गर्ने बिश्वास जन समुदायमा ब्यापक रुपमा
देखा परेको छ। यो छठ पर्व कात्तिक महिनाको शुक्ल पक्षको चौठी देखि आरम्भ
भई सप्तमीको बिहान समापन हुने गरिन्छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।