Skip to main content

सरकार कसैले ढाल्न सक्दैन-राणा

काठमाडौं, कार्तिक राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपति शमशेर राणाले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कसैले ढाल्न नसक्ने दाबी गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माओवादीले जतिसुकै सदन सडक अवरुद्ध पारेपनि २२ दलको र्समर्थन प्राप्त सरकार नढल्ने बताएका हुन्।
'माओवादीले सडकमा उप्रिmएको भरमा सरकार ढल्दैन,' राणाले भने,'माओवादीसंग सामर्थ्य भने अविश्वासको प्रस्ताव ल्याएर देखाओस्।' सडक सदन अवरुद्ध पारेर माओवादीले जनतालाई दुःख दिइरहेको टिप्पणी गरे। लोकतान्त्रिक पद्धति विपरित माओवादी गतिविधि निर्देशित रहेको आरोप लगाए। बहुमत पुर्याउन नसक्ने देखेपछि माओवादीले जताततै अवरोध सृजना गरेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा राणाले माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प नभएको दाबी गरे। उनले भने,'सरकारको विकल्प भने देखाउनसक्नुपर्यो, होइन भने किन सडकमा उप्रिmएको हो।' माओवादीप्रति कडा रुपमा प्रस्तुत भएका उनले आफू हुँदा ठिक अरु हुँदा बेठिक भन्ने सोच त्याग्न आग्रह गरे। माओवादीले संसदीय लोकतान्त्रिक प्रणालीलाई बुझ्न नसकेको टिप्पणी गरे।
सहमतिको पहल भइरहँदा एकाएक सरकार परिवर्तनको प्रस्ताव ल्याएर आर्श्चर्यचकित पारेको बताए। माओवादीले नागरिक सर्वोच्चताको जतिसुकै नारा उठाएपनि केन्द्रीय उद्देश्य सत्ता प्राप्तिनै भएको प्रष्ट भएको बताए। उनले भने,'माआवादीको मुख्य उद्देश्य सत्ता प्राप्ति हो।' माओवादीले राजनीतिक अड्को थाप्ने काम मात्र गरेको आरोप लगाए। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षपुर्याउनेभन्दा यसलाई अप्ठ्यारोमा पार्ने काम भइरहेको बताए। वार्तालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने बताए। सरकारको काम कारबाहीमा असजिलो पार्ने काम भइरहे माओवादीमाथि कडा रुपमा प्रस्तुत हुनुनपैृमा उनको जोड थियो।
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस नेकपा एमालेको एकाधिकार शैलीले समस्या थपेको आरोप लगाए। उनले भने,'अरुसंग छलफलै नगरी र्सर्वेर्सवा हुने तीन दलको प्रवृत्तिले समस्या ल्याएको हो।' संविधान निर्माणलाई प्राथमिकतामा राख्नेगरी सहमति निकाल्न आग्रह गरे।
सेना समायोजन चुनौतीपर्ूण्ा रहेको भन्दै जिम्मेवार हुन आग्रह गरे। लडाकुलाई सेनामा नभई समाजका विभिन्न निकायमा समायोजन गर्नुपर्ने प्रष्ट पारे।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।