Skip to main content

कुशलको कुशलता, सोलार कार बनाएर देखाए

-चन्द्रप्रकाश शर्मा
बागलुङ, १४ कार्तिक। बालवैज्ञानिक कुशल के.सी.ले अन्ततः सोलार कार बनाएका छन्। पांच महिनाअघि आफुद्वारा निर्मित 'स्पीडीइगल' नामक हेलिकप्टरको प्रदर्शन गर्ने क्रममा सोलार कार बनाउने घोषणा गर्दा कत्तिले पत्याएकै थिएनन् होला, तर कुशलले निर्माण गरेको सोलार कार र्सार्वजनिक कार्यक्रममा हर्ेन आउने भीडलाई एक्कासी आर्श्चर्य चकित बनाएका छन्, आफ्नो सोलार कार विद्यालय परिसरमा गुडाएर।
कुशलले गाडी गुर्डाईरहंदा दर्शकदर्घर्ााट तालीको गडगडाहटले बधाई दिएका थिए। अमृत आदर्श उच्च मावि कक्षा १० मा अध्यनरत कुशल केसी- -१६ बर्ष ले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी 'सोलार कार' निर्माण गरेका हुन्। कुशलद्वारा निर्मित कारमा तीन जना बस्न सकिन्छ। सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम विभिन्न संघ/संस्था र व्यक्तिगत गरी ६ लाखको लागतमा उक्त सोलार निर्माण गरेको बताउनुभयो।
२० वाटको प्यानल ६ ओटा, १८ एम्पाएरको ब्याट्री २० ओटा र मोटरको प्रयोग गरी उक्त सोलार कार निर्माण गरेका कुशलले बताउनुभयो। कुशलद्वारा निर्मित सोलार कारलाई उद्घाटनपछि सदरमुकाम बागलुङ बजार घुमाईएको थियो। सानै उमेरमा सोलार कार निर्माण गरी सदरमुकाम बागलुङ बजारमा गुर्डाईरहंदा नगरबासीले तालीको गड्गडाहटबाट कुशललाई बधाई दिएका थिए।
'सामा्रगी जुटाउन मात्रै तीन महिना लाग्यो' कुशलले भन्नुभयो- 'साम्रगी जुटाएपछि ४२ दिनमा नै सोलार कार निर्माण सम्पन्न भयो।' कुशलले निर्माण गरेको सोलार कारको तौल ३ क्विन्टल रहेको छ। 'सोलार कार प्रतिघण्टा ५० किमी गुड्न सक्छ' विद्यालय, विभिन्न संघ/संस्था र विशिष्ट व्यक्तित्वबाट सम्मानित हुंदा प्रसन्न भएका कुशलले भन्नुभयो- 'यो त नमुना सोलारकार मात्रै हो, आर्थिक सहयोग मिलेमा विविधायुक्त कार बनाउने सोच गरेको छु।'
'सोलार कारको नै अवधारणा कसरी आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा कुशलले भन्नुभयो- 'धुंवाबाट प्रदुषित बन्दै गएको विश्वको वातावरण जोगाउन र परनिर्भर नेपालमा सधै खड्किरहने डिजेल/पेट्रोलको अभावलाई पर्ुर्ति गर्न सोलार कार निर्माणमा रुची जाग्यो।' सोलार कार निर्माण गर्ने घोषणा गरी आर्थिक संकलन अभियान संचालन गरेपनि सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाउंदा आफुलाई दुःख लागेको कुशलले बताउनुभयो। उहांले भन्नुभयो- 'सरकारले सहयोग गरेमा नयां प्रविधिको विकास गर्न सकिन्छ भन्ने सोच छ।' सो अवसरमा कुशलका बाबु भिम केसी र आमा रुद्र केसीलाई विद्यालयले सम्मान गरेको थियो।
बाबु भिम केसी र माता रुद्र केसीको कोखबाट २०५० चैत्र १७ गते जन्मिएका कुशलले यसअघि 'स्पिडी इगल' नामक हेलिकप्टर, डायोनामो, माइक्रोप्रोजेक्ट, टेलिस्कोप, फोटो प्रोजे्रक्नटर समेत निर्माण गरिसकेका छन्। कुशलका पिता रुद्रले प्राइभेट क्षेत्रको पानी, बिजुली र फोनको महशुल उठाउने काम गर्छन भने आमा रुद्रले सिलाई प्रशिक्षण केन्द्रमा काम गर्छिन। दर्ुइ छोरा र दर्ुइ छोरीको लालनपालन गर्दै आएका रुद्रले छोरा कुशलको उद्देश्यलाई सफल बनाउने लागि आर्थिक संकलनमा जुटेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।