Skip to main content

माओवादीको एकमात्र लक्ष्य यो सरकार विस्थापीत गर्नु-प्रकाश

काठमाडौ, २८ असोज। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले माओवादीको एकमात्र उद्देश्य यो सरकारलाई विस्थापीत गरी नयाँ सरकार बनाउनु रहेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी उपाध्यक्ष प्रकाशले माओवादीको तत्कालको लक्ष्य नागरीक सर्वोच्चता कायम गर्नु र त्यसपछि आफ्नै नेतृत्वमा सरकार बनाउनु रहेको बताए। उनले वर्तमान सरकार दिनप्रतिदिन कमजोर हुदै गएको बताउँदै यो सरकार धेरै दिन नटिक्ने बताए। प्रकाशले प्रचण्ड सत्ता परिवर्तन गर्न र भारतविरुद्ध चाइना कार्ड प्रयोग गर्न चीन नगएको दावी गरे। नेकपा माओवादीले उठाएका मुद्दालाई 'छोड' भन्नु आत्मर्समर्पण गराउनु सरह भएकोले राष्ट्रपतिको असंवैधानिक कदमलाई कुनै न कुनै रुपमा संकल्प प्रस्तावमा संलग्न नगरे माओवादीलाई मान्य नहुने धारणा दोहोर्‍याए। सेनापति प्रकरणमा राष्ट्रपतिको कदमले शान्तिप्रक्रिया र संबिधान लेखनमा नकारात्मक प्रभाव पारेको र प्रतिक्रियावादीहरुलाई सहयोग पुगेको दाबी प्रकाशको थियो। उच्चस्तरिय राजनैतीक संयन्त्र बनाएर सबै समस्यालाई समाधान गर्न माओबादी तयार रहेको बताउँदै प्रकाशले भने माओबादीको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्नु घोषित लक्ष्य हो।

साक्षत्कार कार्यक्रममा नेकपा एमालेका नेता एवं स्थायी समिति सदस्य भरतमोहन अधिकारीले राष्ट्रपतीको कदमलाई थाति राखेर अन्य विषयमा सहमतिमा आई सदन खोल्न माओबादीलाई आग्रह गरेकाछन्। नेता अधिकारीले भने - यदी सहमति हुन सक्तैन भने साझा प्रश्तावमा तीन पार्टर्ीी आ-आफ्ना धारणा समावेश गरि सहमति जानु पर्छ। उनले थपे -सहमति भए मुलुकको समस्याको शान्तिपर्ुण्ा अवतरण भई समयमै संविधान निर्माण हुन्छ, शान्ति प्रक्रिया तार्किक निश्कर्षा पुग्छ। अन्यथा मुलुकमा अराजकता बढी देश दर्ुघटनामा जान्छ। राष्ट्रपतिको कदम गलत हो भनेर पहल गर्नु उचीत नभएको उनको ठहर थियो। माओवादीको भावना पनि नमर्ने र कांग्रेस र एमालेको प्रस्तावसमेत समेटिने गरि साझा संकल्प प्रस्ताव तयार गर्न आफूहरु लागिपरेको जानकारी समेत नेता अधिकारीले दिनुभयो। सेना मन्त्री परिषदको मातहत रहने, राष्ट्रपति सेरमोनियल हुने लगायतका मुद्दामा दलहरु समझदारी रहेकाले सहमति बन्नेमा उनी विश्वस्त थिए।

क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पनन सो कार्यक्रममासाक्षात्कारमा नेपाली कांग्रेसका सहमहामन्त्री डा रामशरण महतले राष्ट्रपतिको कदम कुनै पनि हालतमा संसदमा छलफल हुन नसक्ने दोहोर्‍याए। उनले भने, राष्ट्रपतिको दमका विषयमा संसदमा छलफल हुन सक्दैन भन्ने आह्रो अडान यथावत छ तर माओवादीले संसद निर्सत रपमा सञ्चालन गर्न दिनर्ुपर्छ। उनले माओवादील्ले सत्ता हत्याउने उद्देश्यले रातारात सेनापति हत्याएको तर अहिले सफल हुन नसकेपछि आन्दोलनको धम्की दिइरहेको बताए। उनले सहमतिमा आउन माओवादीले पुरा कुरा छोड्नर्ुपर्छ, कांग्रेस र एमालेपनि लचिलो हुन तयार तर सम्झौताको अक्षरस पालना गर्नुपर्छ भने।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।