Skip to main content

डा. श्रेष्ठ र रिजालको कदमप्रति ओमानको गम्भीर आपत्ति

रुसमा रहेर विगत ९ वर्षदेखि फ्री नेपाल डट कम नामक अनलाइन संचालन गरिरहेका डा. मधुकृष्ण श्रेष्ठ र शम्भुप्रसाद रिजालले नेपालस्थित कार्यालयमा कार्यरत पत्रकार र कर्मचारीले आफूले काम गरेको पारिश्रमिक माग गर्दा उल्टै डोमेनसमेत लिएर भागेको भन्ने घटनाप्रति अनलाइन मिडिया एसोसिएसन -ओमान) ले गम्भीर आपत्ति जनाएको छ।

अनलाइन मिडियाहरुको प्रतिनिधिमूलक संस्था ओमानका महासचिव धर्मराज भूसालले एक वक्तव्य जारी गर्दै फ्री नेपाल डट कम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुबीचको विवादले ओमानको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।

वक्तव्यमा महासचिव भुसालले विगत ९ वर्षदेखि निरन्तर संचालनमा रहेको उक्त अनलाइनमा कार्यरत ५ जना श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले विगत लामो समयदेखि पारिश्रमिक नपाएको र पछिल्लो समयमा उक्त अनलाइनका संयोजक शम्भुप्रसाद रिजाल र प्रधानसम्पादक डा. मधुकृष्ण श्रेष्ठले साइट बन्द गरी कार्यरत पत्रकारहरुलाई विचल्लीमा पारेको भन्ने उजुरी ओमानमा परेकाले यसप्रति हामी गम्भीर भएको उल्लेख गर्नुभएको छ।

वक्तव्यमा भर्खरै फस्टाउादै गरेको अनलाइन मिडियाहरुमा आचारसंहिता, श्रमजीवी पत्रकार ऐनलगायत कार्यन्वयनमा ओमानले विगतदेखि नै जोड दिदै आएको उल्लेख गर्दै सरकारसंगसमेत मुलधारको संचारको मान्यता माग गर्दै प्रेस पास, विज्ञापनलगायतका विषयमा छलफल चलिरहेको छ उल्लेख गर्नुभएको छ।

वक्तव्यमा यस्तो अवस्थामा रुसमा रहेका डा. श्रेष्ठ र रिजालले संचालन गरेको अनलाइन फ्री नेपाल डट कममा कार्यरत पत्रकारहरुलाई पारिश्रमिक दिनुको सट्टा डोमेन नेम लिएर भाग्नेजस्तो गैरजिम्मेवार कदमप्रति अनलाइन मिडिया एसोसिएसन कडा शब्दमा आपत्ति जनाउछ भनिएको छ।

साथै एउटा जिम्मेवार मिडियाका रुपमा अनलाइनहरुलाई अघि बढाउने र व्यवस्थित गर्दै अनलाइन र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुको अधिकार स्थापित गर्ने कार्यमा ऐक्यबद्धता जनाउादै संचारसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्था सहयोग गर्न आग्रह गरिएको छ।

साथै श्रमको मूल्य दिन र साइटमा कार्यरत पत्रकारहरुलाई काममा फर्काउन वक्तव्यमार्फत संचालकद्वयसंग हार्दिक अनुरोध गरिएको छ । अन्यथा उनीहरुविरुद्ध आवश्यक नैतिक तथा कानुनी कदम चाल्न बाध्य हुने जानकारीसमेत वक्तव्यमा दिएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।