Skip to main content

ट्राफिक व्यवस्थापनको अभावका कारण समस्या

वीरगंज, १४ कार्तिक। ट्राफिक व्यवस्थापन अभावका कारण दैनिक समस्या झेलिरहेका मिना बजारमा किनमेल गर्न जाने उपभोक्ताहरू निकै मर्कामा परेको गुनासो गर्न थालेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको घण्टाघरस्थित खटिने ट्राफिक प्रहरीहरूको आर्थिक प्रलोभनका कारण बजार समयमा सो स्थानको सडक छेक्ने गरी राखिने ट्रक, बसले उक्त समस्या उत्पन्न गराएको भुक्तभोगीहरूको गुनासो छ।
सो क्षेत्रमा रहेका आलु, प्याजका गद्दीहरूका कारण दिनहुं बजार को समयमा सडकबाट हिडडुल गर्न समेत अप्ठयारो हुनेगरी राखिने गरेको सवारी साधन एवं छाडा गाइवस्तु का कारण कयौंपटक दर्ुघटनासमेत भएको उनीहरूको भनाइ छ।
एकोहोरो सवारी हिडने सहरका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वन-वे रूट कायम गरे पनि सो ठाउंमा ट्राफिक प्रहरीहरूद्वारा नै गद्दीका कारोबारीहरूसंग निश्चित रकम असूल गरी उक्त सुविधा प्रदान गरिरहेको बताइन्छ।
यसरी सो ठाउंका आलु ब्यापारीहरूलाई सुविधा प्रदान गरेको घण्टाघरस्थित ट्राफिक प्रहरीले बजार गर्न जाने आम उपभोक्ताहरूको मर्कालाई ध्यान नदिनुले निकै अप्ठयारो सिर्जना भएको माइस्थान बस्ने उज्वल श्रेष्ठ बताउछन्।
त्यसैगरी नगर क्षेत्र लगायत बजार वरपर छाडा हिड्ने गरेको गाइवस्तुले बजार गर्न जाने महिला, बालबालिका, वृद्धवृद्धाहरूलाई हिर्काइ घाइते समेत बनाएको बताइन्छ।
यसरी अव्यवस्थित रूपमा सवारी पार्किङ एवं छाडा गाइवस्तु हुंदा समेत सम्बन्धित निकायले केही नगर्नुले नगरवासीलाई निकै मर्माहत तुल्याएको नागरिक समाजको गुनासो छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।