वीरगंज, २२ असोज । नेपाल-चीन मैत्री समाज, पर्साको केन्द्रीय तदर्थ समिति गठन भएको छ। आज होटल सम्झनामा सम्पन्न एक भेलाले समाजको अध्यक्षमा माधव सिलवाल, उपाध्यक्ष श्रीमती उषा शाह, सचिव सर्ुदर्शन राज पाण्डे, सहसचिव किरणराज पाण्डे, कोषाध्यक्ष भद्रनाथ अधिकारी रहेका छन् भने सदस्यहरुमा महेश चन्द्र गौतम, राजेन्द्रप्रसाद कोइराला, सरोज खडका, कन्हैया गुप्ता, वीरेन्द्र भट्टराइ, मुकेश बस्नेत, विश्वेश्वर पटेल, मुरारीराज कर्माचार्य, रितबहादुर खाती लगायत १५ सदस्यीय समिति चयन भएको छ भने सल्लाहकारमा पशुपति विक्रम शाह, शान्ति कार्की लगायत रहेका छन्।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment