Skip to main content

वीरगंज महोत्सव शुक्रवारदेखि

वीरगंज, २२ असोज। वीरगंज उद्योग वाणिज्य संघको तत्वाधानमार् इद, बडा दशैं, दीपावली तथा छठ सम्मको अवधिलाई समेटी वीरगंज महोत्सव - २०६६ को कार्यक्रमहरु आयोजना गर्ने क्रममा सो महोत्सवको प्रथम चरणको कार्यक्रम विजया दशमी अवधिमा सफलतापर्ूवक सम्पन्न भई त्यसैको दोस्रो चरणका कार्यक्रमहरु मिति असोज २३ गते शुक्रवारदेखि संचालन हुँदैछ। उक्त कार्यक्रममा विभिन्न तयारी खाद्यान्न परिकार, विभिन्न वस्तुहरुको स्टल तथा साँस्कृतिक कार्यक्रम हुनेछ। सो कार्यक्रम २८ गते बुधवार सम्म संचालन हुनेछ।
उक्त महोत्सवको मुख्य लक्ष्य भनेको स्थानीय ग्राहकलाई स्थानीय बजारमैं किनमेल गर्ने प्रति अभ्रि्रेरित गर्नु रहेको छ। सो महोत्सवको नारा "हाम्रो वीरगंज - हाम्रो गौरव", "नेपाली उद्योग नेपाली उत्पादनको संरक्षण गरौं" र "स्थानीय बजारमा किनमेल गरौं - स्थानीय बजारको पर््रबर्द्धन गरौं" भन्ने रहेको छ।
वीरगंजमैं पहिलो पल्ट आयोजना हुन गइरहेको उक्त खाना पर््रदर्शनीमा खाद्यान्न परिकारको पर््रदर्शनी तथा बिक्री वितरणका साथै विभिन्न वस्तुको स्टल तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।
चाड पर्वका अवसरमा पनि आफ्नै बजारमा किनमेल गरौं भन्ने मानसिकताको विकास गरे मात्र स्थानीय अर्थतन्त्रको विकास हुन सक्छ। वीरगंजको समुन्नति हामी तपाईं सबैको समुन्नति हो भन्ने साझा अवधारणा बनाएर आत्मनिर्भर बनौं भन्ने महोत्सवको अपेक्षा रहेको छ।
उक्त महोत्सवलाई सफल तुल्याउन कसैको एकल प्रयासभन्दा पनि साझा सहकार्यको आवश्यकता भएकोले व्यवसायी, उपभोक्ता, नागरिक समाज, संचारकर्मी, संघ-संस्था लगायत सम्पर्ूण्ा वीरगंजवासीलाई महोत्सव सफल पार्न आजैदेखि हातेमालो गरौं भन्ने कुरा वीउवासंघले जनाएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।