वीरगंज, २० असोज । जिल्ला शिक्ष्ँा अधिकारीको मिलोमतोमा एक
प्रधानाध्यापकले विद्यालय नै स्थापना नगरी लाखौंको रकम कुम्ल्याउने दाउमा
लागेको खबर स्थानीयवासीले थाहा पाएपछि आज बिहान प्रधानाध्यापकलाइ
नियन्त्रणमा लिएका थिए।
वीरगंज-१५ शिवनगर स्थित होली एन्जल माविका प्रधानाध्यापक महोत्तरी
निवासी अरविन्द सिंहले जिल्ला शिक्ष्ँा अधिकारीलाई मोटो नजराना दिइ
वीरगंज १८ लक्ष्मणवामा श्री सिन्दुरिया माइ प्रा.वि खडा गरी ३ लाख २७
हजार रकम बुझेका थिए।
स्थानीय व्यक्तिहरुले सिंहलाई पक्राउ गरी हरहिसाब माग्दा उनले १ लाख ७
हजार तलब खर्च, समुदायलाई १ लाख, पुस्तक तथा छात्रवृत्तिमा ४० हजार खर्च
गर्नुको साथै नगद मौज्दात ८० हजार रहेको बताएका छन्।
सिंहले सो गाउंको धर्मशालामा विद्यालय संचालन गर्ने र हरहिसाब बुझाउने
सहमति पछि स्थानीयवासीले सिंहलाई छाडिदिएका थिए।

Comments
Post a Comment