Skip to main content

नेपाल-भारतबीचको वाणिज्य सन्धीले ऐतिहासिक फाइदा हुन्छ-महतो

काठमाडौं, कात्तिक ९। वाणिज्य तथा आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले नेपाल र भारतबीच हुन लागेको वाणिज्य सन्धीले नेपाललाई उल्लेख्य फाइदा हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै दुइ देशबीच रहेको विभिन्न नाकाहरुबाट सिधै आयात निर्यात गर्न सक्ने व्यवस्था समावेश गरिएबाट द्वीपक्षीय व्यापार समेत बढ्ने बताए।
'सन् १९९१ मा भएको वाणिज्य सन्धीको पुनरावलोकनले नेपाललाई ठूलो फाइदा पुग्नेछ,' मन्त्री महतोले भने,'भारतका विभिन्न नाकाबाट सिधै आयात निर्यात गर्नसक्ने व्यवस्था भएबाट आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ।' सन्धीमा नेपाली सामानले सबैभन्दा महत्वपर्ूण्ा मुलुकको उत्पादनका रुपमा भारतमा प्रवेश पाउने उल्लेख गरिएको बताए। उद्योग र व्यापार बढाउन ढोका खुलेको भन्दै त्यसका लागि हामीले उत्पादन बढाउन सक्नुपर्ने बताए। भारतमा निर्यातका लागि विगतमा रहेको प्राथमिक वस्तुको सूचीमा थप वस्तुहरु समावेश भएको बताए। उनका अनुसार ढुंगा, रोडा, बालुवा, जडिबुटीलगायतको निर्यातमा भन्सारमा समस्या नहुने बताए। अब नेपाली उत्पादनले क्वारेन्टाइनको समस्या झेल्नु नपर्ने बताए। विगतमा नेपालमा उत्पादिन वस्तुको भारतीय प्रयोगशालामा पुनः परीक्षणको प्रावधान राखिएकोमा अब नपर्ने बताए। उनले भने,'भारतले नेपाली प्रयोगशालालाई मान्यता दिएको छ।' चामल, दाललगायतमा भारतले लगाएको निर्यात प्रतिबन्ध नेपालका हकमा नगर्ने प्रावधान रहेको उल्लेख गरे। महतोले विगतमा राखिएको ड्युटी रिफन्ट प्रोसेस ९म्च्ँ० खारेज गरिएको बताए। खारेजीका कारणले नेपाललाई फाइदा पुग्ने बताए। वनस्पती घीऊको कोटामा समेत सहजीकरण गरिएको उनको भनाई थियो। नेपालमा बिग्रिएको मेशीनरी सामान भारतमा लगी बनाउन सकिने व्यवस्था रहेको बताए। विगतमा मेशीनरी सामान बिग्रिएमा मर्मतका लागि लान नपाउने भएबाट समस्या आउनेगरेकोमा अब त्यसो नहुने बताए। भारतीय मुद्रामा व्यापार गर्दा पनि विदेशी मुद्रा सरहको सुविधान प्राप्त गर्न सकिने बताए।
महतोले पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने बताए। विदेशी बजारमा मूल्य वृद्धि भइसकेकाले मूल्य समायोजन अनिवार्य भएको बताए। उनले भने,'अब छिट्टै मूल्य समायोजन हुन्छ।' समायोजन नहुँदा भारतमा अवैध रुपमा पेट्रोलियम पदार्थको चुहावट हुनथालेको बताए।
खाद्यान्न आपर्ूर्तिका लागि सरकार सक्रिय रहेको बताए। ३० जिल्लाहरुमा खाद्यान्न आपर्ूर्ति भइरहेको भन्दै हुम्ला जुम्ललागायत कर्ण्ाालीका जिल्लाहरुमा समस्या हुन नदिने स्पष्ट पारे।
मन्त्री महतोले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए। सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाट आउन चुनौती दिए। उनले भने,'माओवादी सडकमा आउंदैमा सरकार ढल्दैन।' सरकार बहुमत प्राप्त भएको भन्दै कुनै पनि शक्ति लाग्दैमा केही नहुने बताए। माओवादीले बुझेर पनि बुझ पचाउदै सरकारविरुद्ध लागेको आरोप लगाए। बजेट पारित गर्न अवरोध सृजना गरेर माओवादीले गैरजिम्मेवारी देखाइरहेको बताए। मधेशको विषयमा प्रधानमन्त्री माधवकुमार नेपाल गम्भीर भएको बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।