Skip to main content

बिश्व बिद्यालय निर्माणलाई गति दिनुपर्नेमा जोड


वीरगंज, ९ कार्तिक । बीरगंजमा बिश्व बिद्यालय निर्माणको कामलाई गति दिन बीरगंजका बौद्धिक ब्यक्तित्वहरुले प्रतिवद्धता ब्यक्त गरेका छन्। आज बीरगंज बिश्वबिद्यालय तयारी समिति बीरगंजले एक होटेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बैद्धिक ब्यक्तिहरुले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन्।
बीरगंज बिश्व बिद्यालय निर्माणका निम्ति तयारी समितिले अहिले सम्म गरेको कामको समिक्षा गर्दै निर्माणको कामलाई गति दिन प्रतिवद्धता ब्यक्त गरिएको हो। बीरगंज बिश्व बिद्यालय निर्माणका निम्ति तयारी समितिले अहिले सम्म बिश्व बिद्यालयको बिधान निर्माण कार्यक्रम प्रस्तावना पर्ूण्ा रुपमा निर्माण गरेको छ। त्यस्तै बिश्व बिद्यालय निर्माणका लागि जमिनको खोजी भइरहेको तयारी समितिका संयोजक डा.भगवान यादवले जानकारी दिनु भएको छ। समितिले बिश्व बिद्यालयका लागि एक करोड ४६ लाख रुपैयां सहयोग जुटाएको डा.यादवले जानकारी दिनु भयो। बिश्व बिद्यालय निर्माणका सम्बन्धमा फैलिएका अफवाहहरु चिर्दै अगाडि बढ्ने सहमती पनि आजको अन्तरक्रिया कार्यक्रमले कायम गरेको छ। बिश्व बिद्यालय निर्माणकालागि आर्थिक स्रोत जुटाउन बारा पर्साका सभासदहरु राजनीतिक दल सरकारी निकायहरुको सहयोग परिचालन गर्ने निर्ण्र्ााभएको छ। बीरगंजमा बीरगंज बिश्व बिद्यालयलाई सामुदायिक बिश्व बिद्यालयको रुपमा निर्माण गर्न खोजिएकोले यसक्षेत्रका आम जनताको सहयोग हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन। बिश्व बिद्यालयका सम्बन्धमा भएका अन्यौलतहरुलाई प्रष्ट पार्दै निर्माणका कामलाई त्रि्रता दिन समेत सहभागिहरुले समितिलाई सुझाव दिएका छन। तयारी समितिमा राजनीतिक दलका प्रमुखहरु ,संचारकर्मी उधोगी ब्यवसायी ,नागरिक समाजका सदस्यहरु समेत रहेका छन। आज भएको अन्तरक्रिया कार्यक्रमले बिश्व बिद्यालय निर्माणकालागि शिक्षा मंत्री रामचन्द्र कुशवाहालाई आवश्यक सहयोग र पहल गरिदिन समेत आग्रह गर्ने निर्ण्र्ाागरेको छ। तर आजै शिक्षामंत्रीको सहभागितामा अन्तरक्रिया कार्यक्रम हुने भएपनि शिक्षामंत्री कुशवाहाको कार्यक्रममा सहभागिता भने रहेको थिएन। कार्यक्रममा एमालेका बैकल्पीक केन्द्रीय सदस्य रामचन्द्र साह, चीरन्जीवी आचार्य जिल्ला सचिव बिजय महतो,जिल्ला बिकास समिति पर्साका पर्ूव सभापति जनार्दन सिंह क्षेत्री नेपाली कांग्रेस पर्साका उपसचापति रामरुप कर्ुर्मी मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष शशी कपुर मिया उपाध्यक्ष प्रदीप यादव राजेन्द्र कोइराला, सदभावनाका जिल्ला अध्यक्ष नेजामुदिन समानी , प्रेमनाथ शर्मा, रेडक्रसका श्याम कुमार पोख्रेल ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख कृपासिन्धु चौधरी स्ववियु सभापति मुकेश द्विवेदी लगायत प्राध्यापकहरुको सहभागिता रहेको थियो। आजै होटेल भिषूवमा बिश्व बिद्यालय निर्माणकोलागि भएको प्रगतीको समिक्षा र आगामी दिनमा गर्नु पर्ने कामका र्सर्न्दभमा पर्सा जिल्लाका राजनीतिक दलहरुको र्सवदलीय बैठक पनि बसेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।