Skip to main content

राजस्वमारा तस्कर राजकुमारको करोडौंको सामान राजस्व अनुसन्धानद्वारा बरामद

वीरगंज, २८ असोज। केही वर्षयतादेखि चर्चित बनेका वीरगंज निवासी राजकुमार गुप्ताको करोडौं मूल्यको भन्सार चोरी पैठारीको सामान राजस्व अनुसन्धान विभागको गस्ती टोली काठमाडौंले बरामद गरेको छ।
राजस्व अनुसन्धान विभागले निकासी प्रतिबन्ध गरेको रासायनिक मल लोड गरिएको ५ ट्रक र भारतीय कपडा लोड गरिएको २ ट्रक आवश्यक अनुसन्धान कारबाहीका लागि पक्राउ गरेको छ। ती सातवटै ट्रकको सामान राजकुमार गुप्ताको रहेको जानकार सूत्रले बताएको छ।
वीरगंज, गौर र सर्लाहीका स्थानीय प्रहरी, प्रशासनलाई महिनाबारी रकम कबुलेर अवैध धन्दा संचालन गर्ने इजाजत पाएका राजकुमारको यतिखेर दिनदशा खराब भएकै कारण ७ ट्रक पक्राउमा परेको छ। नेकपा एमालेका नेता, कार्यकर्ता तथा सरकारमा रहेका उच्च पदाधिकारीको सोर्सफोर्स मार्फ पक्राउ परेको ट्रक छुटाउन राजकुमार गुप्ताको तस्कर गिरोहले निकै दौडधूप गरिरहेको बुझिएको छ। सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय प्रशासन र राजस्व अनुसन्धान इकाइ पथलैया समेतलाई मिलाएर वीरगंज, कलैया, गौर र मलंगवाको भन्सारको चोरी नाकाबाट भारतीय सामान चोरी पैठारी गरी नेपालको विभिन्न शहरमा पठाएर खागपतिबाट अर्बपति बन्ने प्रतिस्पर्धामा लागेका राजकुमार गुप्ता यतिखेर राज्यद्वारा संरक्षित राजस्वमारा तस्कर भएका छन्।
पथलैया स्थित रूद्रबाहिनी सशस्त्र प्रहरी बलले पक्राउ गरेको २ वटा ट्रकमा लोड गरी बरहथवाबाट काठमाडौं लैजान लागेको चिनी पनि तस्कर नँइके राजकुमार गुप्ताकै भएको बुझिएको छ। राजकुमार तस्कर गिरोहले दैनिक सरदर विभिन्न भन्सार नाकाबाट ८ वटा ट्रकमा भन्सार चोरी पैठारीका सामान लोड गरी काठमाडौंमा निर्वाध रूपमा पुर्‍याइदै आएका थिए। ८ वटा ट्रकबाट भन्सार चोरी पैठारीका सामान काठमाडौं भित्र्याउंदा विभिन्न प्रहरी चौकी, स्थानीय प्रहरी, प्रशासन भन्सार कार्यालय, राजस्व अनुसन्धान चेकजांच चौकी लगायतमा घुस बुझाउंदा ३ लाख खर्च गरी दैनिक ५० लाख रूपैयां राजस्वमारा राजकुमार गिरोहले आय आर्जन गर्दै आएको अर्को तस्करी गूटको दाबी छ। यतिखेर बारा, पर्सर्ाारौतहट र सर्लाहीमा तस्करी लाइन खुल्ला गरिएको छ। तस्करी लाइन सुचारू भएको बेला राजकुमार तस्कर गिरोहले ना ३ ख ९००१, ९००२, ९२६४, ९१४६, ५५३२, ना २ ख ४९७२, ना २ ख २३७३ ले भारतीय चोरी पैठारीको कपडा, स्टीलका भाडा, चिनी, खाद, केराउ जस्ता सामान लोड गरी पठाएका थिए। सुमन इन्टरप्राइजेज वीरगंजको नामबाट बिल काटेर भन्सार छलेको सामान महाशक्ति ट्रान्सपोर्टको ना २ ख ४९७२ मा २५ गांठ भारतीय विभिन्न कपडा र त्यस्तै रामरहिम ट्रान्सपोर्टको ना २ ख मा ११ गांठ कपडा लोड गरी काठमाडौर्ंतर्फ पठाउंदा पक्राउमा परेको हो।
श्याम टे्रडिङ रौतहटको बिलबाट नेपाल निर्यातमा भारतद्वारा प्रतिबन्ध गरिएको भारतको विभिन्न उद्योगबाट उत्पादित रासायनिक मल सर्लाहीको बरहथवाबाट ५ ट्रकमा लोड गरी काठमाडौं लैजाने क्रममा राजस्व अनुसन्धान गस्ती टोलीले शनिवार पक्राउ गरेको हो।
वीरगंज, १२ निवासी गुप्ता केही वर्षअगाडि किचेन क्राप\mटको सामान्य कारोबार गर्ने आज उद्योगपति भएका छन्। सिर्सिया खल्वाटोला गाविससंग जोडिएको वीउमनपा १३ मा साइनबोर्ड समेत नभएको एक स्टील फैक्ट्री संचालन गरी भारतमा उत्पादित स्टीलका भाडाहरू भन्सार चोरी पैठारी गरी सो फैक्ट्रीमा भित्र्याएर नेपालमा उत्पादित भनेर राजस्व र उपभोक्ता दुवैलाई राजकुमार गुप्ताले ठग्दै आएका छन्। राजकुमार गुप्ता प्रहरी, प्रशासनका अधिकृतहरूको लागि मासिक रकम बुझाउने दाता बनेका छन्। प्रहरी, प्रशासनलाई पैसाको आडमा खल्तीमा राख्ने हैसियत बनाइसकेका राजकुमार गुप्ताले बिगत एक वर्षदेखि रासायनिक मल, कपडा, स्टीलको धन्दा सुचारू गर्दै आएका छन् । बरहथवा -सर्लाही) मा लोड भएको रासायनिक मलको बिल चन्द्रनिगारपुरमा काटिने गरेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।