वीरगंज, २२ असोज। वीरगंज उपमहानगरपालिका वडा नं. ६ निवासी कवियत्रि शान्ति चौधरी थारूलाई छिमेकी प्रदीप चौरसिया लगायतले ज्यान मार्ने धम्की दिएकोले निजहरू उपर कानूनी कारबाहीको लागि स्थानीय प्रहरी, प्रशासनमा उजुरी परेको जानकारी हुन आएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखाले ज्यान मार्ने धम्की दिने वीउमनपा-६ निवासी प्रदीप चौरसिया, अनिल चौधरी, जवाहिर चौधरी, सुरनिया देवी, हिरालाल चौधरीलाई उपस्थिति गराइ दिनका लागि वारेण्ट पत्र वडा प्रहरी कार्यालय बिर्तामार्फ जारी गरेको छ।
भारतीय आप्रवासी प्रदीप चौरसियाले झुकाइ नेपाली नागरिकता प्रमाणपत्र लिइ घर घडेरी खरिद गरी छिमेकी शान्ति चौधरीको जग्गा समेत मिच्ने काम गरेपछि शान्ति चौधरीले गैर नागरिक उपर कारबाहीको मांग सम्बन्धित निकायमा गरेपछि हुलहुज्जत गरी ज्यान मार्ने धम्की समेत प्रदीप चौरसियाले लगायतले गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विमल शर्माकै अगाडि प्रदीप चौरसियाले शान्ति चौधरीलाई ज्यान मार्ने धम्की दिएको तर उजुरी परेको तीन दिनसम्म ज्यान मार्ने धम्की दिने अभियुक्तहरूलाई प्रहरीले गिरफ्तार गर्न सकेको छैन।

Comments
Post a Comment