वीरगंज, २७ असोज । तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले माओवादी, कांग्रेस र नेकपा एमालेको आपसी खिंचातानीले संविधान लेखनमा ढिलाइ भइराखेको आरोप लगाएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्सर्ााे साक्ष्ँात्कार कार्यक्रममा बोल्दै समय तालिका भन्दा अत्यन्त ढिला हतार हतारमा संविधानको अर्न्तर्वस्तु प्रस्तुत हुने सम्भावना बढ्दै गएको बताए।
ठाकुरले संघीयतालाई विकृत, अर्थहीन र प्रयोजनहीन रुपमा राखेर निर्माण हुने संविधान समस्त सिमान्तकृत वर्ग र खासगरी मधेशी समुदायको हित विपरित हुने निश्चित भएको र वर्तमान परिस्थिति त्यही बाटो तिर डोरियाउंदै गएको स्पष्ट हुंदै गएको बताए।
ठाकुरले अर्थहिन र विकृत संघीयतायुक्त संविधान तराइ मधेशको जनतालाई कुनै हालतमा मान्य हुने छैन भनि तमलोपाको धारणा रहेकोले संविधानसभामा रहेको सवै दललाई जिम्मेवारी भइ प्रस्तुत हुन आग्रह समेत गरेका छन्।
रिपोर्टस क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए।
Comments
Post a Comment