भक्तपुर, १७ कार्तिक। कार्तिक पुन्हीको दिन आशापुरे मेला भर्न जान डाँडाको बीचको बाटो हुदै जाने परम्पार ओझेलमा परेको छ। यस बर्षकार्तिक १६ गते लागेको मेलामा धेरै भक्तजनहरु साँगाको मोटरबाटो हुदै जादा, उनीहरुले डाँडाकाडाको प्राकृतिक अनुभव पाउन सकेनन्।
परम्परा अनुसार आशापुर पुग्न भक्तपुरको सिपाडोलको ठाडो उकालो अथवा नंखेल जंगलबीचको डाँडा काट्ने पर्दछ। सिपाडोलको उकालो मोटरबाटो बन्न थाले पछि बन्द भएको छ। तर नंखेलको रमाइलो पदयात्राको अनुभव युवा पुस्तालाई गराउन भने हरीत समूह श्रीकृष्ण सितिखुको टोली दश जना त्यहाँको साहसिक यात्रा गरे। बाचामारीबाट नंखेल डाँडोको टुप्पोमा पुग्न एक घण्टा लाग्छ। यहाँबाट खोलैखोलाको किनारबाट आशापुरे त्रिबेणीमा पुगिन्छ।
यो छोटो अबधिको पदयात्रा निकै कठिन रहेको यात्राका सहभागी अन्जनले भने। उकालो उक्लिदै जाँदा उतरमा रहेको सेताहिमालका काख पनि देख्न सकेको अर्का सहभागी सुरजले सुनाए। "ओहो यहाँ त पहिले नदेखेका जंगली फुलहरु त प्रशस्तै रहेछन्" बनदेवीको मन्दिर वरपर फुलेका फुलहरुको देखाउदै निर्मला भने।
बाटैभरी चराचुरुङीको चिरबिर च्यार आवाजले यात्रालाई संगीतमय भएको भनी सुनिल टिप्पणी गरे। चराचुरुङी देखिएला कि भनी झाडी भित्र पसेका उनी चिप्लेर लडे पछि भने अघि बढ्न आटेनन्। अलि माथि घामलागेको ठाउँमा तोरी बारी देखियो। तोरी बारीमा फोटो खिच्न लागेको देखेर एउटी महिला कुतो बोकेर "यहाँबाट गइहाल" भन्दै आए पछि बारी छिरेका सबै हस्याङफस्याङ गर्दै माथि कुदे।
आशापुरे त्रिबेणीमा पुग्दा पसिनाले न्रि्रुक भिजेका यात्रीहरुले खोलाको पबित्र जलमा स्नान गरे। मन्दिरको आधी घण्टा लामो लाम पछि आशापुरे महादेवसंग आफ्नो मनको इच्छा प्रकट गरे। मन्दिर पछाडिको ठाडो उकालो चढ्न सक्नेहरुको मात्र आशा पुरा हुने जनबिश्वासको कारण यो डाँडा दौड्नेहरु पनि थुप्रै भेटिए।
आधुनिकताको कारण पदमार्गहरु मासिदै र ओझेलमामा परेको कारण हरीत समूहले नयाँ पुस्तालाई पदमार्गहरुको बारेमा जानकारी गराउन नंखेलबाट उकालोको यात्रा गराइ सिपाडोलबाट ओरालो झारेको थियो।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment