Skip to main content

एक हप्ताभित्र राजनीतिक सहमति बन्छ-प्रचण्ड


वीरगंज, २२ कार्तिक। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक हप्ताभित्र राजनीतिक सहमति निर्माण हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपाल पर्सा शाखाको साक्षात्कारमा बोल्दै सहमतिका लागि सकारात्मक पहल भइरहेको बताए।
'एक हप्ताभित्र सहमति हुन्छ,' प्रचण्डले भने,'सहमतिका लागि मैंले अन्य दलका नेतासंग छलफल गरिरहेको छु।' काठमाडौं फर्केलगत्तै सहमतिको पहल अगाडि बढाउने बताए। आफ्नो दलले सहमतिका लागि हदैसम्म लचकता देखाएको बताए। लचकतालाई कमजोरी नठान्न चेतावनी समेत दिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा प्रचण्डले माधवकुमार नेपाल नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने बताए। माधव नेपाल नागरिक सर्वोच्चतालाई कुल्चेर प्रधानमन्त्री बनेकाले वर्तमान सरकार खारेजी अनिवार्य भएको बताए। यद्यपि आफ्नो दलले सरकारका लागि नभई नागरिक सर्वोच्चताका लागि आन्दोलन गरेको बताए। राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादीले गर्ने बताए। आफ्नो दलबाट को प्रधानमन्त्री बन्ने भन्ने ठूलो कुरा नभएको बताए।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र निर्माणको पक्षमा आफू रहेको बताए। संयन्त्र निर्माण प्याकेजको सहमति अर्न्तगत रहनुपर्ने बताए।
आफूलाई प्रधानमन्त्रीको लालसा नभएको स्पष्ट पारे। उनले भने,'प्रधानमन्त्री बन्नेभए दर्ुइ महिना अघिनै बन्नसक्थें, मेरो इच्छा प्रधानमन्त्री बन्नेभन्दा पनि नयां संविधान बनाउने र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने हो।' शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको भन्दै शतर्क हुनुपर्ने बताए। पर्ूव राजाका मान्छेहरु सलबलाउन थालेको भन्दै नेमकिपा अध्यक्ष नारायणमान विजुक्च्छे राजतन्त्र ब्यूताउन लागेको आरोप लगाए। उनले भने,'रोहित जस्ताहरु राजतन्त्र ब्यूताउन लागेका छन्, त्यसैले गलत टिप्पणी गर्दै हिड्छन्।'
शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको भूमिका सकारात्मक रहेको बताए। राष्ट्रसंघले शान्ति प्रक्रियाको पक्षमा बोल्दा उसको आलोचना गर्नु भनेको शान्तिको विरोध गर्नु सरह हुने बताए।
भारतसंग सम्बन्ध राम्रो रहेको बताए। आफ्नो दलको चीन र भारतसंग समदूरीको सम्बन्ध राख्ने नीति रहेको बताए। भारतका माओवादीसंग आफूहरुको कुनै सम्बन्ध नरहेको बताए। सशस्त्र जनयुद्धका समयमा सम्बन्ध रहेको तर शान्ति प्रक्रियामा आएपनि कुनै सम्बन्ध नरहेको बताए। भारतीय माओवादीलाई आफूहरुले हतियार सप्लाई गरेको भन्नु निराधार र कपोकल्पित रहेको बताए।
माओवादीभित्र कुनै विवाद नरहेको बताए। पार्टर्ीीत्र बहस र छलफल हुनुलाई स्वाभाविक मान्न भन्दै विवाद भन्नु भ्रम फिजाउनु सरह हुने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन सबैले आ आफ्नो स्थानबाट त्याग देखाउनुपर्ने बताए। शान्ति स्थापना गरी इतिहास निर्माण गर्ने अवसर नचुकाउन आग्रह गरे। उनले दलहरुबीच सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।