महोत्तरी, २४ कार्तिक । गत कार्तिक ७ गते प्रहरीलाइ कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेपछि सोको विरोधमा नेकपा माओवादीद्वारा बर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन्।
आज बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गस्तीमा गएको टोलीले कुटपिट तथा तोडफोड संलग्न व्यक्तिहरुमध्ये औरही-१ बस्ने राजाराम यादवलाई औरही चोकबाट पक्राउ गरेको हो। घटनाको विरोधमा आज बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नेकपा माओवादीका कार्यकर्ता विनोद पंजियारको नेतृत्वमा रहेको समूहले औरही चोकमा ढुंगामुढा थुपारी टायर बालेर सो सडकखण्ड अवरुद्ध गरेका हुन्।

Comments
Post a Comment