Skip to main content

ऐतिहासिक गढीमाई मेला आजदेखि सुरू

बारा, २५ कार्तिक । ऐतिहासिक गढीमाईको मेला यही कार्तिक २५ गते अर्थात् बुधवारदेखि सुरू हुंदैछ। मेलाको तयारी भइरहेको तथा यसपालिको मेलाको चहलपहल बढ्दै गएको प्राप्त समाचारमा उल्लेख छ। मेलामा भारतबाट खेल तमाशाहरू आइपुगेका छन्। भारत लगायत नेपालको विभिन्न स्थानबाट गढीमाइको दर्शन गर्न भक्तजनहरू आउने क्रम जारी छ। गढीमाइ मन्दिरका मूल पूजारी मंगल चौधरीका अनुसार गढीमाइ दर्शनको लागि दिनहुं दर्शनार्थीहरूको घुंइचो लाग्ने गरेको बताउनुभयो। पूजारी चौधरीका अनुसार यसपालिको मेला भव्य हुने र दर्शनार्थीहरू पनि विगत वर्षो तुलनामा बढी आउने आशा गरेका छन्। पूजारी चौधरीसंग एक प्रश्नमा उहांले भन्नुभयो बलि कुनै पनि हालतमा रोकिदैन। किनकि बलिले नै गढीमाईलाई विश्वमा चर्चित बनाएको छ। त्यसैले म ठोकुवा गर्छर्ुुक रामबहादुर बम्जन -तपस्वी)ले बलि रोक्न सक्दैन र रोक्ने शक्ति पनि छैन। यता रामबहादुर बम्जन
-तपस्वी)ले पटक पटक बलि रोक्ने चेतावनी दिंदै आइरहेका छन्। मेलाको सुरक्ष्ँाको लागि मेला समितिले स्वयंसेवक धेरै मात्रामा परिचालन गरेको छ। नेपाल सरकारबाट सक्दो सहयोग हुने हिजो मन्त्री मण्डलको बैठकमा गृहमन्त्री भीम रावलले बताउनुभएको एक नेताले जानकारी दिएका छन्। मेला धेरै आकर्ष हुने र शान्तिपर्ूण्ारुपले सम्पन्न हुने मेला मूल समितिका सदस्यले जनाएको छ। गढीमाइ मेलाको दुइजना अध्यक्ष छन् । मेला राम्रोसंग सम्पन्न हुने कुरामा बाराबासी ढुक्क छन्। यता गढीमाइको मेला नजिकिंदै जांदा खसी, बोका र रांगाको बिक्रीमा पनि भारी मात्रामा बढोत्तरी हुन थालेको छ। उक्त पशुहरुको मूल्य पनि आकाशिएको छ। पहिला दुइ तीन हजारमा पाइने खसी-बोका अहिले ५ देखि ६ हजार रूपैयांमा पनि पाउन नसकिएको स्थानीयवासीले बताए। खसी, बोका, परेवा लगायत अन्य सबैको मूल्यमा बढोत्तरी भएको स्थानीयवासी रामआधार यादवले बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।