Skip to main content

देशभरका सम्पुर्ण सरकारी कार्यालय बन्द


वीरगंज, २५ कार्तिक। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेको विरोधमा आज देशभरका सम्पुर्ण सरकारी कार्यालय बन्द भएका छन्।
नेकपा माले पर्सा, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामति राष्ट्रिय समिति, नेपाल निजामति कर्मचारी संगठन पर्सा, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, स्थानीय निकाय कर्मचारी संघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, नेपाल निजामति कर्मचारी युनियन पर्सा, मधेशी निजामति कर्मचारी पर्सा, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति पर्सा, राष्ट्रिय स्वतन्त्र निजामति कर्मचारी पर्साले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा मन्त्री बेगमलाई कारबाही नभएमा देशभरको सम्पूर्ण सरकारी कार्यालयहरु अनिश्चितकालको लागि बन्द गरिने घोषणा गरेको उल्लेख छ।
उता मन्त्री बेगमले एक पत्रकारमा बोल्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले लगाएको आरोप गलत रहेको बताएकी छन्। उनले जिल्ला प्रमुख भएर मन्त्री सांसदको फोन नउठाउने, सा“झ परेपछि रेष्टुरेण्टमा गइ मदिरापान गर्ने, आप\mनो क्ष्ँेत्रमा सुरक्ष्ँा व्यवस्था दरिलो पार्न असक्षम रहेको र सिडिओले आफूलाई औंला देखाएको कारण कुटेको संचारकर्मीहरुलाई बताएकी छन् । मन्त्री बेगमले आफूले गरेको क्रियाकलापप्रति कुनै खेद नरहेको भन्दै सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुले बन्द फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी समेत दिएकी छन्। उनले कार्यालय प्रमुखहरुले गर्ने भ्रष्टाचारको जरो उखाल्न सशक्त रुपले अगाडि बढ्ने पत्रकार सम्मेलनमा बताएकी छन्।
आफूलाई एयरपोर्टमा लिन थोत्रो गाडी पठाएको भन्दै राज्यमन्त्री बेगमले प्रजिअ भण्डारीलाई चार थप्पड हानेकी हुन्। प्रजिअको गालामा घाउ लागेको र चश्मा फुटेको छ।
प्रजिअ माथि हातपात गरेको लगत्तै स्थानीय संचारकर्मीहरुसंग मन्त्री बेगमले भनिन् म मन्त्री हु, पहिले मन्त्रीको आदेश नमान्ने सिडिओलाई कारबाही हुनर्ुपर्छ, अनि मात्र मैले गल्ती गरेकी छु कि छैन त्यो बहसको कुरा हुन्छ। प्रजिअ भण्डारीले म मन्त्रीको स्वागतमा तयार हुंदै थिए, मेरो कुरै नसुनेर एकैपटक हातपात गर्नुभयो भनेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।