पोखरा, ४ मंसिर/ साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको यही मंसीर ६ गते पर्यटकीय नगरी पोखरामा पश्चिमाञ्चल क्षेत्रीय स्तरको भेला हुने भएको छ। भेलामा पश्चिमाञ्चल क्षेत्रबाट प्रकाशित साप्ताहिक तथा पाक्षिक पत्रिकाका प्रकाशक तथा सम्पादकहरुको सहभागिता रहने सञ्जाल पश्चिमाञ्चल क्षेत्रीय संयोजक राजबहादुर गुरुङले जानकारी दिनु भयो।
भेलामा मोफसलमा रहेका साप्ताहिक-पाक्षिक पत्रपत्रिकाको अवस्था तिनका समस्या, परिवर्तित सर्न्दर्भमा साप्ताहिक-पाक्षिक पत्रपत्रिकाको भूमिका र श्रमजीवी पत्रकार ऐन तथा सूचनाको हक जस्ता विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। भेलाबाट प्राप्त सुझाव, निचोड र निष्कर्ष कार्यन्वयन गर्न दवावस्वरुप सम्बन्धित निकायमा पेश गरिने पनि क्षेत्रीय संयोजक गुरुङले जानकारी दिनुभयो। भेला को नेपाली कांग्रेस संसदिय दल का नेता रामचन्द्र पौडेल ले उदघाटन गर्ने भउको छ। यसैबीच साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल केन्द्रीय समितिको बैठक पनि पोखरामै हुने भएको छ। मंसीर ५ गते लुम्ले कृषि अनुसन्धान केन्द्रमा हुने बैठकमा भाग लिन सञ्जालका पदाधिकारीहरु पोखरा आउने क्रम सुरु भएको छ।

Comments
Post a Comment