वीरगंज, २५ कार्तिक । पर्साको वीरगंजमा बम भेटिएको छ भने धोरे गाविसमा गोली लागि दुइजना घाइते भएका छन्।
आज बिहान ७ बजे वीरगंज-१९ नगवा निवासी बाबुलाल कुर्मीको घरको ढोकैमा फेला परेको सकेट बम सशस्त्र प्रहरीले बिहान ८ः३० बजे डिष्पोज गरेको थियो।
यसैगरी गए राति ८ बजे धोरे-२ निवासी कामदेव पटेलले चलाएको गोली लागि सोही ठाउं बस्ने बर्ष ४५ को ब्रम्हदेव पटेल र सुरेन्द्र महतो घाइते भएका छन्।
गोली चलाउने कामदेवलाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ। दुवै घाइतेको वीरगंजस्थित नाउक्षे अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्र महतोको अवस्था गम्भीर रहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment