Skip to main content

इजरायल रोजगार खुलाउनका लागि आन्दोलन गर्ने

वीरगंज, १२ मंसिर। आठ महिना देखि वन्द रहेको इजरायलको रोजगारी खुलाउन
पीडित इजरायल व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन्। पटक-पटक बन्द हुँदै
र खुल्दै आएको इजरायलको रोजगारीको सम्बन्धमा इजरायलमा कामदार आपर्ूर्ति
गर्दै आएका व्यवसायीहरुले बन्द हुनुको प्रमुख दोष इजरायली सरकार र
इजरायलस्थित नेपाली राजदुताबासको असक्षमता भएको बताएका छन्।
राजधानीमा विहीवार इजरायल पीडित व्यवसायीहरुले एक कार्यक्रम आयोजना
गरी अव इजरायलको रोजगारी की सधैको लागि वन्द हुनु पर्‍यो की खुल्नु
पर्‍यो भन्दै अन्तिम संर्घष्ामा उत्रने निर्णय गरेका छन्। इजरायल
व्यवसायी प्रकाश कार्कीले भने-'हामी संकटमा परेका छौ अव निकासको लागि कडा
भन्दा कडा आन्दोलनमा उत्रन्छौ।' वैदेशिक रोजगार विभाग र नेपाल स्थित
इजरायली दुतावासमा धर्नाका कार्यक्रम गर्ने समेत पीडित व्यवसायीहरुले
वताए।
अर्का व्यवसायी कर्ण्र्ााल्लले इजरायल सरकारले नेपालीको रोजगारी इच्छा
लाग्दा खुल्ला गर्ने नत्र वन्द गर्ने परिपाटीको अन्त्य हुनर्ुपर्छ यदि
गर्दैन भने इजरायल वन्द हुँदा फरक पर्दैन भन्दै उनले थपे -अवका दिनमा
हामी अन्तिम निर्णयको आन्दोलन गर्र्छौ।
अघिल्लो महिना श्रम तथा यातायात व्यवस्था मन्त्री मोहमद अफ्ताव आलमको
नेतृत्वमा नेपाल सरकारको प्रतिनिधिमण्डल इजरायल गई रोजगारी खोलिदिन आग्रह
गरेका थिए भने इजरायली सरकारले चाँडै नै कामदार आपर्ूर्ति सूचारु गराउने
प्रतिबद्धता जनाएको थियो। तर हालसम्म पनि कुनै सकारात्मक कदम इजरायलको
तर्फाट नचालिएको हुँदा नेपाली कामदार र इजरायल काम गर्ने व्यवसायीहरु
आक्रोषित भएर आन्दोलन गर्ने भएका हुन्।
व्यवसायी प्रकाश कार्कीले इजरायल सरकारले 'मोनोपोली' ढंगले रोजगारी
बन्द गरेको तर नेपाल सरकार गम्भीर नभएकोले आन्दोलन गर्न लागिएको बताए।
उता अर्का व्यवसायी हंसराज वाग्लेले नेपालीहरुको इजरायलमा पचास करोड रकम
फसिरहेकाले व्यवसायी मात्र नभएर धेरै नेपालीहरु यो रोजगारी वन्द हुँदा
पीडित रहेको बताए। अवको आन्दोलन निर्ण्ाायक हुने भएकोले सवै
व्यवसायी,पीडित कामदार तथा संचार माध्यमलाई सहयोग गर्न समेत उनले आग्रह
गरे। व्यवसायीहरुको आन्दोलनमा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव
ज्ञानप्रसाद गैरे, लोकतान्त्रिक वैरो फोरमका किरण किशोर, प्रगतिशिल
वैदेशिक रोजगार मञ्चका सरोज पोखरेलले र्समर्थन गर्ने बताए। करिव १२ लाख
नेपालीहरु कामदार अहिले इजरायलमा छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।