Skip to main content

चर्चित तस्कर राजकुमार अब एमालेको नेता बन्ने

वीरगंज, ४ मंसिर। राजनीति पार्टीको संरक्षणमा वर्षौवर्षेखि व्यापकरुपमा तस्करी धन्दा संचालन गर्दै आएका वीरगंजका चर्चित तस्कर राजकुमार गुप्ताले पर्साको क्षेत्र नं. ३ बाट नेकपा एमाले पार्टीको क्ष्ँेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बुझिन आएको छ।
विगत लामो समयदेखि र्सलाहीको बरहथवा एवं पर्साको वीरगंजबाट खाद, चिनी, स्टीलका भाडा, कपडाको तस्करीमा सक्रिय रहेका तस्कर गुप्तामा नेता बनेर तस्करी गर्ने रहर पलाएको उनका निकट सूत्रबाट खुलेको छ।
नेकपा एमाले पार्टी निकट रहेका तस्कर गुप्ता सो पार्टीका केही स्थानीय र उच्च पदस्थ नेताहरूको सहयोगमा क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिंदा आप\mनो तस्करी कार्य सफल हुने विश्वास लिएकाले नै गुप्ताले सो उम्मेदवारी दिने भएका हुन्। राजस्व विभागको लिस्टमा १ नम्बर ँराजस्वमारा’ को नाम दर्ज गराइ सकेका गुप्ताले क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने हल्लाबाट नेकपा एमाले पार्टीको छविमा समेत प्रभाव पार्न सक्ने अवस्था रहेको बताइंदैछ।
भरपर्दो स्रोतका अनुसार तस्कर गुप्ताको मुद्रामोहमा फसेका सो पार्टीका केही स्थानीय नेताको सहयोग र र्समर्थनमा अध्यक्ष बन्ने सपना देखेका गुप्ताको गत असोज महिनामा करिब करोडौं रकमको ६ वटा ट्रकमा लोड गरिएको तस्करीको सामान राजस्व अनुसन्धान विभाग काठमाडौंले पक्राउ गरेको थियो। उक्त सामान पक्राउ परेपछि नेकपा एमाले पार्टीका केन्द्रीय नेता, मन्त्री लगायत स्थानीय नेताको पैरवी गरी सामान छुटाउने प्रयासमा जुटेका तस्कर गुप्ताको वास्तविकता थाहा पाएका नेताहरूले चासो नदिए पछि पक्राउ परेको ट्रकहरू धरौटीमा छाडी सामान बरामद गरी मुद्दा चलिरहेको अवस्था रहेको छ। यसरी र्सलाही एवं वीरगंजमा व्यापक तस्करी कारोबार फिंजाइरहेका तस्कर गुप्तालाई नेकपा एमाले पार्टीका केन्द्रीय नेताले क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने वातावरण बनाइनु क्ष्ँेत्रीय विकासका नाममा राजस्व सखाप हुने कुरामा दुइ मत रहदैन। तर्सथ तस्कर गुप्ताको उम्मेदवारी सम्बन्धमा सरकार चलाइरहेको नेकपा एमाले पार्टीका जिल्ला तहले गम्भीर भएर सोच्न नितान्त रहेको पार्टी पंक्तिबाट आवाज उठिरहेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।