वीरगंज, १८ कार्तिक । एकिकृत नेकपा माओवादीको देशव्यापी आन्दोलनको कार्यक्रम अनुसार आज काभ्रे, धादिङ, सिन्धुपाल्चोक, बारा, मकवानपुर, चितवन, धनुषा, जनकपुर, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताहरुले धर्ना दिएको प्राप्त जानकारीमा उल्लेख छ ।
यसैवीच आज बिहान माओवादी संघर्ष समिति नुवाकोटका अध्यक्ष हित बहादुर तामाङको नेतृत्वमा घेराउ गर्न पुगेका माओवादी कार्यकर्ता र प्रहरीबीच ढुंगामुढा हुंदा दुइजना घाइते भएका छन्। झडपमा प्रहरी जवान हिराबहादुर मगर र एक प्रहरी घाइते भएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment