Skip to main content

राजधानी दैनिकमा आन्दोलन

काठमाडौं, २७ कार्तिक। राजधानी दैनिकका पत्रकार जन्मदेव जैसीलाई निलम्बन गरेको विरोधमा नेपाल पत्रकार महासंघ उपत्यकास्तरीय संघर्ष समितिले सो दैनिकको मूलगेटमा राखेको ब्यानर संस्थाका कार्यकारी अधिकृत डोलेन्द्र थापाले टुक्रा-टुक्रा पारी च्यातेर फालेका छन्।
मलाई डोलेन्द्र सरले ब्यानरको छेउमा उभिएर च्यात्न लाउनुभयो, राजधानी दैनिकका एक कर्मचारीले सेक्युरिटी गार्ड चन्द्रबहादुर श्रेष्ठलाई उद्धृत गर्दै भने। गार्ड श्रेष्ठले मलाई त अह्राको गर्नैपर्‍यो के गर्नु र भनेको ती कर्मचारीले बताए। थापाको सो कार्यशैलीको नेपाल पत्रकार महासंघ उपत्यका स्तरीय संघर्ष समितिले भत्र्सना गरेको छ। समितिका संयोजक गोविन्द चौंलागाईंले निलम्बन फुकुवा एवं करारपत्र खारेजीका लागि सांकेतिक विरोध स्वरूप झुन्डयाइएको सो ब्यानर जिम्मेवार व्यक्तिबाट च्यातिनुले व्यवस्थापन पूरै गैरजिम्मेवार भएको जनाएको बताए।
व्यवस्थापनको यो रवैयाबाट महासंघ कडा संर्घष्ामा उत्रिन बाध्य भएको छ, संयोजक चौंलागाईंले चेतावनी दिँदै भने, आन्दोलनबाट सिर्जित सम्पर्ूण्ा परिणाम स्वयं व्यवस्थापन पक्ष नै हुनेछ।
बिहीबारमात्र सो संर्घष्ा समितिले राजधानी दैनिकको मूलगेटमै तीन सूत्रीय मांग राखी कालो ब्यानर राखेको थियो। संर्घष्ा समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव पर्ूण्ा वराइलीको नेतृत्वमा सो ब्यानर राखिएको थियो।
पत्रकार जैसीलाई बिना र्सत तत्काल निलम्बन फुकुवा गर्नुपर्ने, जबर्जस्ती वितरण गरिएको करारपत्र खारेज गरी काम सुरु गरेको मितिदेखिको स्थायी नियुक्तिपत्र प्रदान गर्नुपर्ने र श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने माग राखी समितिले सांकेतिक आन्दोलन सुरु गरेको हो।
समितिका सदस्य वराइलीले ब्यानर च्यात्नुले वार्ता र संवादको सट्टा समस्यालाई झन् चर्काउने व्यवस्थापनको नियत प्रस्ट भएको बताए।
यसैबीच, पत्रकार जैसीको निलम्बन विनार्सत फुकुवा हुनुपर्ने भन्दै राजधानी दैनिकमा कार्यरत कर्मचारी, पत्रकार एवं मजदुरहरूले पनि संर्घष्ामा जाने बताएका छन्।
उनीहरूले प्रचारात्मक आन्दोलनको सुरुवातका लागि राजधानी दैनिकको कार्यालयमा भित्तेलेखन, पर्चा पम्पलेट टाँस्ने, कालो झन्डा पर््रदर्शन गर्नेलगायतका कार्यक्रमहरू पनि तय गरिसकेका छन्। त्यस्तै, लेखाशाखामा कार्यरत सहलेखापाल राजिन पोखरेललाई बिनाकारण निष्कासित गरेको भन्दै कर्मचारीहरूले उनको तत्काल पर्ुनर्वहालीको मागसमेत गरेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।