Skip to main content

योग्य पुरूष खोज्न ह्यान्डसम नेपाल

भक्तपुर, १८ कार्तिक। नेपालमा पहिलो पटक मिस नेपाल स्तरको पुरूष सौर्न्दर्य प्रतियोगिता हुने भएको छ। यसको लागि कार्यक्रमका संयोजक नबिन पौडेल कार्तिक १५ गतेबाट प्रचार प्रसार गरिएको जानकारी गराएका छन्। प्रतियोगितालाई बिकेन्द्रीत बनाउन उपत्यका बाहिरका १५ वटा एफएफ स्टेसनहरूसंग सहकार्य गरेको पौडेल बताए।
यो प्रतियोगितामा बडी र ब्रेनको प्रतिस्पर्धा हुने आयोजकको दाबी रहेको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा पुग्न अघि १६ बर्षदेखि ३० बर्षा एसएलसी उर्तीण पुरूषहरूले आठ चरण पार गर्नु पर्नेछ। यी चरण क्षेत्रीय स्तरमा छानिएका एफएफ स्टेसनहरूले सन्चालन गर्नेछ। त्यहाँबाट छानिएका १५ पुरूष र काठमाण्डौं उपत्यकाबाट छानिने ५ पुरूषहरूको बीचमा अन्तिम प्रतिस्पर्धा हुनेछ।
क्षेत्रीय स्तरका कार्यक्रमहरू सञ्चालन गर्न ७२ वटा जिल्ला समेटिने गरी १५ एफएम स्टेसनलाई जिम्मा दिइएको छ। त्यसैगरी उपत्यकाबाट पँाच वटा एफएफले अन्तिम प्रतिस्पर्धाको लागि पाँच युवा छान्नेछ।
छनौट चरणमा युवाहरूले आफ्नो बौद्धिकता, ज्ञान र शारिरीक तन्दुरूस्तीता प्रस्तुत गर्नु पर्नेछ। पहिलो चरण अडिसन राउण्डमा प्रतिस्पर्धीहरूले आफ्नो परिचय सहित निर्ण्ाायकहरूमा माझ प्रस्तुत हुनेछन्। यस चरणबाट पास भएकाहरूलाई एउटा राउण्ड टेवल बैठकमा बोलाइ भलाकुसारी गराइनेछ। दोश्रो चरणमा उर्तीर्ण्र्ााुनेहरूको सामान्य ज्ञान जाँच्न तेश्रो चरण अर्न्तगतको क्वीज प्रतियोगिता गराइनेछ।
क्वीजमा सफल भएकाहरूले भने एक क्षणको मास्टर नामको चरणमा आफूलाई देखाउनु पर्ने हुन्छ। यस चरणमा प्रतिस्पर्धीहरूलाई बिद्यालय तहका बिद्यार्थीहरूलाई दश मिनेट सम्मको कक्षा लिइ उनीहरूको शिक्षण क्षमता जाँच हुनेछ। पाँचौ तहमा पुगेकाहरूलाई एफएम स्टेसनमा आरजे बनाइ श्रोताहरूको प्रश्नको सामना गराइनेछ।
यो चरणलाई आयोजकले तपाईको प्रश्न हृयान्डसमको उतर नामाकरण गरेका छन्। त्यस पछि लिखित राउण्डमा लेखन क्षमताको परीक्षा र कलाकारीता राउण्डमा कलाको निपुणताको अवलोकन गरे पछि क्षेत्रीय स्तरको अन्तिम चरणको लागि दश युवा छानिनेछ। यी दश युवाहरूलाई मोडलिङ प्रतियोगिता गराइ एक जना उत्कृष्टलाई राष्ट्रिय प्रतियोगितको लागि छनौट गरिनेछ।
राष्ट्रिय प्रतियोगिता आगामी जेठसम्ममा सम्पन्न गर्ने आयोजकले लक्ष्य राखेको छ। राष्ट्रिय प्रतियोगिताको बिजेतालाई हृयान्डसम नेपालको उपाधि सहित पाँच लाख रूपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकको योजना रहेको छ।
छनौट चरणमा सहभागी हुने चाहने चितवन र आसपासका युवाहरूको लागि हाम्रो एफएम, बुटवलमा बुटवल एफएम, बिरगन्जमा नारायणी एफएम, गोरखामा रेडियो गोरखा, पोखरामा माच्छापुच्छे एफएम, जनकपुरमा रेडियो मिथिला, नेपालगञ्जमा रेडियो बागेश्वरी, कैलालीमा दिनेश एफएम, लगायतले क्षेत्रिय स्तरका प्रतियोगिताहरू गर्ने भएका छन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।