Skip to main content

प्रेस काउन्सिलको वर्गीकरणप्रति असन्तुष्टि पोख्दै प्रधान सम्पादकद्वारा आमरण अनसनको घोषणा

काठमाडौं, १२ मंसिर । साप्ताहिक विमर्शका प्रधान सम्पादक राजेन्द्र उपचारकले आज प्रकाशित प्रेस काउन्सिल नेपालको वर्गीकरणप्रति असन्तुष्टि जाहेर गर्दै आमरण अनसनको घोषणा गरेका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सर्म्वर्धनका लागि भनी स्थापित प्रेस काउन्सिलबाटै ३९ वर्षो लामो इतिहास बोकेको पत्रिका विमर्शमाथि भएको र गरिएको अन्यायपूर्ण एवं विभेदपूर्ण व्यवहारविरुद्ध आमरण अनशन बस्ने घोषणा गरेका छन्।
प्रेस विज्ञप्तिमा साप्ताहिक-पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको निर्देशनमा प्रेस काउन्सिलले वर्गीकरणबाटै हटाउने, विमर्शका प्रधानसम्पादकको प्रेस प्रतिनिधि प्रमाणपत्रसमेत निलम्बन गर्न शिफारिस गर्ने निर्यायबाट नियम-कानुन र विधिको शासनको ठाडो उल्लघंन भएको ठहर गर्दै आमरण अनशनजस्तो अहिंसात्मक कदम उठाउन बाध्य भएको उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ -पत्रिकामा प्रकाशित समाचारलाई लिएर कोहीकसैको चित्त नबुझे वा आपत्ति रहे सम्बन्धित संस्थामा गुनासो, खण्डन वा स्पष्टीकरण पठाउने पत्रकार आचारसंहिता-२०६० - संशोधित २०६४ सहित) को दफा ५ को उपदफा १ मा उल्लेख छ।
फेरि पनि उक्त संस्थाले केही प्रतिक्रिया नजनाएमा पीडितले काउन्सिललाई जानकारी गराउने। दफा ५ को उपदफा ३/४ मा उल्लेख छ।
त्यसपछि प्रेस काउन्सिलले सम्बन्धित संस्थालाई पीडितको पत्रसमेत राखेर सात दिनको समय तोकेर पत्रिकामा खण्डन वा काउन्सिलमा स्पष्टीकरण दिने प्रावधान छ। दफा ५ को उपदफा ५ मा उल्लेख छ।
त्यो पनि नगरेमा उजुरीमाथि भएको निर्यायलाई सम्बन्धित सञ्चारमाध्यममा काउन्सिलले तोकेको स्वरुप, स्थान वा समयमा प्रकाशन-प्रसारण वा पुनः उत्पादन र वितरण गर्न आदेश दिन सक्नेछ। दफा ६ को उपदफा १ मा उल्लेख छ।
अहिलेसम्म हामी र काउन्सिलबीच कुनै पनि उजुरी बाकी थिएन। र हामीलाई कुनै पनि उजुरीमा काउन्सिलबाट माथि उल्लेखित आदेश आएको छैन। तर, सञ्जालले नियोजित पात्र तयार गरी हामीमाथि गरेको आक्रमणमा काउन्सिल पनि दूधको साक्षी विरालो बन्दै विमर्शमाथि गरिएको भेदभावपूर्ण व्यवहार र कारबाहीको नौटंकी हाम्रा लागि मात्र हैन- अरु कसैका लागि पनि मान्य हुने छैन।
प्रेस काउन्सिलजस्तो सम्मानित संस्थाले कसैको षड्यन्त्रमा परी संस्थामा रर्ेकर्ड रहने गरी गरिएको अन्याय र विभेदपूर्ण व्यवहारले काउन्सिल स्वयम्को मर्यादामा समेत आंच पुग्ने निश्चित छ। समय-समयमा प्रकाशित हाम्रा समाचारप्रति व्यक्ति, संस्था -सरकारी वा गैर सरकारी) को चित्त नबुझेका विषयमा हामीले सम्वन्धित पक्ष र काउन्सिललाई प्रस्ट पार्दै आएका छौं। ०६६/०२/२७ गते काउन्सिलका छानविन उपसमितिका संयोजक र संदस्यद्धयसंगको दर्ुइ-तीन वर्षपुरानो विषयमा मौखिक कुराकानीपछि हाम्रो तर्फाट लिखित जवाफका लागि लिखित नै पत्र पर्ठाई दिने सहमति भयो। तर, ०६६/०३/२५ गते काउन्सिलले एकतर्फीरुपमा कानुनको मान्यता विपरित सूचनाको अधिकारकोसमेत हनन गर्दै पठाएको पत्रको पनि हामीले ०६६/३/२८ गते नै जवाफ पठाएका हौं।
हामीले प्रस्ट पारिसकेको सर्न्दर्भमा पत्रिकालाई एकाएक वर्गीकरणबाटै हटाउनु र प्रधानसम्पादको प्रेस पास समेत निलम्वन गर्ने निर्याय र्सार्वजनिक भएको समाचारप्रति हाम्रो असहमति रहनु स्वाभाविकै हो। तर्सथ काउन्सिलको आधिकारिक पत्र आएपछि न्याय दिने अन्तिम निकाय सम्मानित सर्वोच्च अदालतको ढोका ढकढक्याउने विकल्प त हामीसंग सुरक्षित नै छ। तर, त्यसको पर्ूवसन्ध्यामा काउन्सिलका सदस्यहरुबाट मेरो मान हानी र निष्पक्ष वर्गीकरणको अभावमा भेदभाव वर्गीकरण विरुद्ध संर्घष्ा समिति को साथमा तपशिलमा उल्लेखित मागहरु अघि सार्दै प्रेस काउन्सिल परिसरमा ०६६/८/ १४ गते आइतवार विहान ७ बजेदेखि आमरण अनशन बस्ने जानकारी गराउदछु।
साथै लोकतन्त्रप्रति पूर्ण समर्पित साप्ताहिक विमर्शमाथि यस्तो भेदभावपूर्ण नीतिको विरोधमा रही हामीसंग ऐक्यबद्धता व्यक्त गर्न सबैमा अनुरोध गर्दछु।
मागहरु- प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता-२०६० -संशोधित तथा परिमार्जित २०६४) परिमार्जित गरियोस्। काउन्सिलमा अनौपचारिक रुपमा गरिंदै आएको दलीय भागबन्डा बन्द गरियोस्। प्रकाशक/सम्पादकलाई काउन्सिल बोर्डको सदस्य बनाउने कार्य बन्द गरियोस्। विचाराधीन विषयलाई -वर्गीकरण र निस्काशन) निर्याय भएको भनी गलत सूचना र्सार्वजनिक गर्ने काउन्सिल बोर्ड सदस्यमाथि कारबाही गरियोस्। काउन्सिलले समयमा नगरेको वर्गीकरणमा कसैलाई पनि वञ्चित नगरियोस्। निष्पक्ष वर्गीकरण गरियोस्। साप्ताहिक विमर्श र प्रधानसम्पादक राजेन्द उपचारकमाथिको गैर कानुनी कारबाही तत्काल खारेज गरियोस्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।