बारा, ४ मंसिर। बारा जिल्लाको बरियारपुर स्थित गढीमाईको पञ्चवषर्ीय मेलामा नेपाल तथा भारतका दर्शनार्थीहरू आउने क्रम जारी छ । मेलामा प्रत्येक दिन नरनारीहरूको अपार घुंइचो लाग्ने गरेको छ। मेलामा भारत लगायत नेपालका कुनाकुनाबाट दर्शनार्थीहरू आइपुगेका छन्। मेलाको सुरक्ष्ँा स्थिति एकदमै कडा बनाइएको छ। दर्शनार्थीहरूका लागि खान, बस्न र स्नानको व्यवस्था विभिन्न संघसंस्थाले गरेका छन्।
बरियारपुरलाई अहिले दुलहीझैं सिंगारिएको छ। मेलालाई आकर्ष बनाउन मेला समितिले तीब्र रूपले काम गरिरहेको छ। मेलाको सम्पर्ूण्ा तयारीहरु धमाधम भइरहेको छ।
मेलाका केही दर्शनार्थीहरूसंग राष्ट्रिय दैनिकले राखेको अरू सालको तुलनामा यसपालिको मेला कस्तो छ - भन्ने प्रश्नको जवाफमा उनीहरूले अरू सालको तुलनामा मेलामा उल्लेखनीय दर्शनार्थीहरुको उपस्थिति रहेको र अन्य व्यवस्था ठिकै रहेको बताएका छन्। भारत, मोतिहारी घर बताउने श्याम सुन्दर कुमारले मेला एकदमै राम्रँे रहेको तर मेला समितिको कमी कमजोरी रहेको बताएका छन्। मेलामा २ करोडभन्दा बढी आम्दानी हुने मेला समितिले जनाएको छ। मेलालाई ध्यानमा राखी नेपाल-भारतको सिमानामा रेखदेख कडा बनाइएको छ। मेला दिनप्रतिदिन बढ्दै गइरहेको व्यापारीले बताएका छन्। मेलामा कुनै अप्रिय घटना हुन नदिन र्सतर्कता अपनाइएको सुरक्ष्ँाकर्मीहरुले बताएका छन्। धेरै संघसंस्थाका प्रतिनिधि मेलामा पुगीसकेको प्राप्त समाचारमा बताइएको छ। रांगा बलि मंसिर ९ गते र १० गते खसी-बोकाको बलि दिने मन्दिरका मूल पूजारी मंगल चौधरीले जानकारी दिएका छन्।

Comments
Post a Comment