काठमाडौं, १८ कार्तिक। उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादी आन्दोलन हिंसात्मक बन्दै गएको आरोप लगाएका छन्।
आज रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने हिंसा रोक्न सेना परिचालन हुनसक्छ। सेना राज्यको सुरक्षाका लागि भएकाले आवश्यक पर्दा परिचालन गर्न सकिने बताए।
उनले माओवादी आन्दोलन बदनामित हुदै गएकाले फिर्ता लिनुको विकल्प नभएको बताए। आन्दोलनले राष्ट्रिय अन्तराष्ट्रिय आलोचना खेप्नुपरेकाले फिर्ता लिएमा माओवादीकै हित हुने बताए। 'माओवादीका सामु आन्दोलन फिर्ता लिनुको विकल्प छैन,' मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारले भने,'आन्दोलन फिर्ता लिए माओवादीकै लागि हितकर हुन्छ।' माओवादीले लोकतान्त्रिक आचरणविपरितको गतिविधि गरिरहेको भन्दै जनताबाट बदनामित भएको तर्क गरे। माओवादी गतिविधि शतप्रतिशत गलत रहेकाले कसैले पनि र्समर्थन गर्न नसक्ने बताए। बजेट पारित हुन नदिने, उपत्यका नाकाबन्दी गर्ने देखि स्वायत्त राज्य घोषणा गर्नु लोकतन्त्र र वृस्तृत शान्ति सम्झौता विपरित हुने भन्दै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए।

Comments
Post a Comment