काठमाडौं, १२ मंसिर । भारतीय राष्ट्रवादी कंग्रेसका महासचिव तथा नेपाल सोलिडारिटी ग्रुपका संयोजक डिपी त्रिपाठीले नेपालमा संविधान बनेपछि मात्रै नागरिक सर्वोच्चतता स्थापित हुने बताउनु भएको छ । एकीकृत नेकपा माओवादीले नागरिक सर्वोच्तता स्थापित नभएसम्म संविधान बन्न नसक्ने तर्क गरिरहेका बेला उहाँको यस्तो भनाइ आएको हो ।
रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, "सबैभन्दा पहिले जनताले चाहेअनुसारको संविधान बन्नुपर्यो त्यसपछि मात्रै नागरिक सर्वोच्चता स्थापित हुन्छ ।" उहाँले सबै नेताहरुसँगको भेटघाटमा आफूले समयमा नै संविधान बनाउन सुझाव दिएको बताउनुभयो ।
रिपोर्र्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा भारतीय नेता त्रिपाठीले कांग्रेस सभापति कोइरालाले भने अनुसार शर्ीष्ा नेताहहरुबीचको उच्चस्तरीय राजनीतिक संयन्त्र बने त्यसले राजनीतिक समस्या समाधानमा सघाउ पुर्याउने बताउनुभयो । अहिलेको समस्या समाधानका लागि सबै दलका शर्ीष्ा नेताहरु एकै ठाउँमा बस्नु आवश्यक छ, त्रिपाठीले भन्नुभयो, दलहरु एक ठाउँमा नआएसम्म समस्याको समाधान पनि हुँदैन, अरुले पनि हस्तक्षेप गर्ने मौका पाउँछ ।
उहाँले भारतले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेको र अहिले पनि हस्तक्षेप गर्ने कुनै मनसाय नरहेको बताउनुभयो । नेपालमा नयाँ सरकार बनाउने, अहिलेको सरकार ढाल्ने सबै दलहरुको आन्तरिक मामिला हो, त्यसैले भारत कुनै हस्तक्षेप गर्न चाहन्न, त्रिपाठीले भन्नुभयो । त्रिपाठीले नेपालका सबै दलका नेताहरुसँग छलफल गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सबै दलहरुलाई मिलेर जान सुझाव दिनुभएको थियो ।

Comments
Post a Comment