Skip to main content

अंग्रेजी भाषाको प्रभाव बढाउन खोजिएको आरोप

बीरगंज कार्तिक २४। नेपालमा अंग्रेजी भाषाको प्रभाव विस्तार गर्न साम्राज्यवादी शक्तिहरुलेे ठूलो लगानी गरिरहेको आरोप लगाउंदै राष्ट्रिय भाषाहरुको संरक्षण मञ्चका अध्यक्ष उमेश प्रसाद गुप्ताले एक विज्ञप्ति जारी गर्नु भएको छ। विज्ञप्तिमा उच्च शिक्षा प्राप्त गर्न अंग्रेजी भाषाको अनिवार्यताको कारण राष्ट्रिय भाषाहरुको विकास बाधित भएको धारणा व्यक्त गरिएको छ। अंग्रेजी भाषामा उच्च शिक्षा दिने नीतिका कारण नै नेपाल सरकारले ठूलो धनराशी खर्च गरेर शिक्षित बनाएका युवकहरु शिक्षा प्राप्त गरी सके पश्चात् विदेश पलायन भइरहेका छन्। संविधान सभाबाट नयाँ बन्ने संविधानमा अंग्रेजीलाई कुनै स्थान दिइयो सबै राष्ट्रिय भाषा भाषीहरुले ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। प्रत्येक नेपालीले राष्ट्र भाषा नेपालीमा उच्चतम शिक्षा प्राप्त गर्ने अवसर पाउने मौलिक अधिकार नयां संविधानमा उल्लेख गरिनु पर्ने मांग समेत गरिएको छ। सरकारले राष्ट्रिय भाषाहरुमा पाठ्य पुस्तक विकसित गर्न विशेष परियोजना चलाउनु पर्ने मांग समेत विज्ञप्तिमा गरिएकोे छ।

अंग्रेजी विश्व भाषा हो भन्ने भ्रम गलत हो र विश्वमा सबैभन्दा बढी बोलिने र बुझिने भाषामा पहिलो स्थान चीनिया भाषाको रहेको छ। चाइनिज, रसीयन, कोरियन, जापानी, फ्रेंच आदि यस्ता थुप्रै भाषा छन जस्मा सम्बन्धित सरकारहरुले आफना नागरिकहरुलाई उच्च शिक्षा प्रदान गरी रहेका छन। नेपाली भाषाले प्रयोग गर्ने देवनागरी लिपी विश्वकै सबैभन्दा वैज्ञानिक र सम्भवतः अधिक प्रयोग हुने लिपी रहेको छ। देवनागरी लिपी प्रयोग गर्ने संस्कृतनिष्ठ भाषाहरु बीच द्वन्द बढाउन समेत विदेशी गैससहरु सक्रिय रहेकोले उनीहरुको कुचेष्टा प्रति जागरुक रहने आवश्यकता छ। नेपाली, भोजपुरी, हिन्दी, मैथली, मराठी, बंगाली, उर्दु, आदि एकै परिवारका भाषा हुन र हाम्रो शब्दकोष र व्याकरण करीब करीब समान भएकोले हाम्रो गन्तव्य एकै दिशामा लक्षित छ। हामी बीच द्धन्द आत्मघाती छ र साम्राज्यवादी शक्तिहरुले षडयन्त्रपर्ुवक हामी बीच झगडा लगाउने काम गरी रहेका छन।

अंग्रेजी भाषा सिक्न गाउँले ग्रामीण युवकहरुलाई ठूलो कठिनाई हुने गरेको छ र यस कारण राम्रो मष्तिष्क भएका नेपालीहरु उचित अवसर पाउनबाट वञ्चित भइरहेका छन्। हालसालै वीरगंजमा अंग्रेजी भाषा सम्बन्धी एक सम्मेलन भएको थियो। देशमा अंग्रेजी भाषाको भाषिक उपनिवेश खडा गर्न विभिन्न कामहरु भइरहेका छन। देशका शिक्षा नीति निर्माताहरुको विदेश परस्त नीतिका कारण नेपालीहरुको भविष्य अन्धकारमय बन्ने देखिएकोले बौद्धिक वर्गलाई साम्राज्यवादी शक्तिहरुले अंग्रेजीको प्रभाव बढाउन खोजेको कुरा प्रति सचेत गर्न राष्ट्रिय भाषाहरुको संरक्षण मञ्च सक्रिय भएको कुरा पनि विज्ञप्तिमा भनिएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।