Skip to main content

आदर्श थारू छात्रावासमा समेत भ्रष्टाचार

वीरगंज, १९ मंसिर। वीरगंज उपमहानगरपालिका वडा नं. ६ कुम्हालटोलस्थित थारू जातिहरूको ऐतिहासिक धरोहर आदर्श थारू छात्रावासमा समेत भ्रष्टाचार भएको तथ्य र्सार्वजनिक भएको छ।
सो छात्रावासकी कोषाध्यक्ष शान्ति चौधरी, विद्यार्थी नेता विकास चौधरी, थारू बुद्धिजीवी बाराका भागवतप्रसाद चौधरी, अधिवक्ता इन्द्रदेव चौधरीले एक अपिल गरी अनिवार्य बैठकको मांग गर्दै भ्रष्टाचार र हिनामिनाको भण्डाफोर गरेका छन्।
२००९ सालमा बारा, रौतहटको थारू बस्तीहरूबाट चन्दा संकलन गरी स्थापित गरिएको आदर्श थारू छात्रावासको अवस्था यतिखेर नाजुक बनेको छ। थारूहरूले नै थारू छात्रावासलाई लथालिंग, भताभुंग पार्न खोजेका छन्। सो छात्रावासमा भए गरेका भ्रष्टाचार, लापरवाहीको वर्णन गरेर साध्य छैन।
सो छात्रावासकी कोषाध्यक्ष शान्ति चौधरीले थारू छात्रावास संचालनमा भएको अनियमितता र आर्थिक हिनामिनाको विरोध गर्दै पदबाट राजीनामा दिनुभएको छ।
सो छात्रावासको अध्यक्ष लक्ष्मण चौधरी, गिरधारी चौधरीले धेरै व्यक्ति र पसलको उधारो पैसा नतिरेको पाइएको छ। विद्युत, खानेपानी, टेलिफोनको शुल्क बांकी बक्यौता रहेको छ। साल बसाली हुनुपर्ने अडिट भएको छैन। थारू छात्रावासको आम्दानी केही व्यक्तिहरूको लागि पकेट खर्च बनेको छ।
विगत १६ वर्षेखि एउटै संचालक समितिले निरन्तरता पाएको छ। साधारण सभा प्रत्येक वर्षहुनुपर्नेमा नहु“दा अपारदर्शीताले स्थान पाएको छ। सो छात्रावास ठिक ढंगले संचालन नभएकै कारण सरकारी अनुदान रोक्का गरिएको छ।
छात्रावासको दाल, चामल र बेडशुल्क हिनामिना भएका छन्। थारू छात्रावासको हाताभित्र मास्कोट स्कूललाई भवन टहरा बनाउन दिइएको छ। भूमाफियाहरूले सो छात्रावास र्सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गराइसकेका हुन् कि भन्ने आशंका पैदा भएको छ।
कार्तिक महिनामा बोलाइएको अनिवार्य बैठकमा संचालक समितिका कुनै पनि पदाधिकारी उपस्थिति भएनन्। मास्कोट स्कूललाई विद्यालय संचालन गर्न दिइए वापतको मासिक भाडाको पनि कुनै हिसाब किताब छैन। हार्दिक अपिलमा सो संस्थाको सम्पुर्ण कारोबार रोक्का राखी अनिवार्य बैठकमा सबै पदाधिकारी उपस्थित गराइ नया“ संचालक समिति गठन गरी थारू छात्रावासलाई सुव्यवस्थित गर्न र संरक्षण गर्न सम्पुर्ण थारूहरू तथा वीरगंज नगरका सम्पुर्ण नागरिकहरूमा अनुरोध गरिएको छ।
सो छात्रावास जर्जर बनाउनमा अध्यक्ष्ँ लक्ष्मण चौधरी, पर्ूव कोषाध्यक्ष लक्ष्मीनारायण बण्ठा, सचिव देवपूजन गौरो, सहसचिव देवेन्द्र चौधरी, सदस्य द्वारिका चौधरी, उपाध्यक्ष गिरधारी चौधरीको प्रमुख हात रहेको बुझिएको छ।
पुरानो ऐतहासिक थारू छात्रावासको संरक्षण र संचालनका लागि बृहत भेलाबाट नया“ कार्य समिति निर्माण गर्न सरोकारवालाहरूले आवश्यक पहल गर्न नितान्त जरूरी रहेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।