काठमाडौं, २५ मंसिर । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त नभी पिल्ले मानवअधिकार दिवसको अवसरमा आज दिनुभएको प्रेस वक्तव्य दिनुभएको छ ।
उहांले दिनुभएको वक्तव्यमा उल्लेख छ - अविभेदसम्बन्धी अवधारणा मानवअधिकारको हृदयमा रहेको हुन्छ।
यसै कारणले गर्दा यसलाई सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र पारित भएको वार्षिकोत्सवमा प्रत्येक वर्ष मनाइने मानवअधिकार दिवसको औपचारिक विषयवस्तु तोकिएको हो। अनि, यो र अन्य धेरै कारणले गर्दा यो प्रत्येक दिन, प्रत्येक वर्ष, प्रत्येक व्यक्तिका लागि अनौपचारिक विषयवस्तु हुनुपर्छ।
विश्वव्यापी घोषणापत्रका ३० मध्ये २६ धाराहरू ूप्रत्येकले॰॰॰ू वा ूकसैले॰॰॰ू शब्दबाट सुरु हुन्छन्। प्रत्येकले सबै मानवअधिकारको उपभोग गर्नुपर्छ। कसैलाई पनि बहिष्कार गरिनु हुँदैन। सबै मानिस स्वतन्त्र जन्मन्छन् र मर्यादा र अधिकारहरूमा समान हुन्छन्। कुनै पनि भेदभाव हुनुहुँदैन।
आज, हामीसँग अविभेदको अवधारणाले भरिएका अधिकारमा आधारित अन्तर्राष्ट्रिय सन्धिहरूको पूर्ण शृङ्खला छ। यिनमा, उदाहरणार्थ, बालअधिकार, अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, शरणार्थी तथा आप्रवासी कामदाहरूको अधिकारसम्बन्धी महासन्धिहरू, जातीय भेदभाव तथा महिलाविरुद्ध हुने भेदभाव उन्मूलनमा समर्पित महासन्धिहरू एवं श्रम, स्वास्थ्य र धर्मसँग सम्बन्धित सन्धिहरू पर्दछन्। यी कानुनी रूपमा बन्धनकारी मापदण्डहरूलाई अल्पसङ्ख्यकको अधिकार तथा आदिवासी जनजाति अधिकारसँग सम्बन्धित महत्त्वपूर्ण संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रहरूले पूर्ण बनाएका छन्।
यी अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डहरूलाई हजारौँ राष्ट्रिय तथा क्षेत्रीय कानुन र संस्थाहरूले समर्थन गरेका छन्। केही देशहरूमा अहिले वास्तविक विश्वव्यापी शिक्षा छ र त्योभन्दा सानो सङ्ख्याका देशहरूमा विश्वव्यापी स्वास्थ्य प्रणाली छ। यी सबै कुराहरूलाई एकै ठाउँमा राख्दा यसले कानुनअन्तर्गत समान अवसर र समान व्यवहार भएको विश्व सिर्जना गर्ने मानवको क्षमता र आकाङ्क्षाको असाधारण उपलब्धिलाई जनाउँदछ। यसैको फलस्वरूप दशौं लाख मानिसहरूले लाभ उठाएका छन्।
सबै प्रकारका मानिसहरूमा केही न केही दिने कुराहरू हुन्छन्। हामीले विविधता अङ्गीकार गर्दा हामी हाम्रो सेवामा थप समृद्धि र गहिराइ ल्याउनेछौँ। तथापि भेदभाव अझै जताततै छ।
महिलाहरूले विश्वको कार्यसमयको दुई/तिहाई काम गर्छन् र विश्वमा उत्पादन हुने खानाको आधा उत्पादन गर्छन्, तैपनि विश्वमा हुने आमदानीको १० प्रतिशतमात्र कमाउँछन् र उनीहरूसँग विश्वको सम्पत्तिको एक प्रतिशतभन्दा कम सम्पत्ति छ। अघिल्लो शताब्दीमा भएका उल्लेखनीय सुधारका बाबजुद महिला तथा बालिकाहरू अझै केही समाजमा केही मात्रामा र धेरै समाजमा ठूलो मात्रामा भेदभाव गरिएका छन्। प्रत्येक दिन असङ्ख्य महिलाहरू यौन वा शारीरिक दुर्व्यवहारको सिकार हुन्छन् र उनीहरूमाथि दुर्व्यवहार गर्ने अधिकांश व्यक्तिहरू सजायबाट उम्कन्छन् र भावी दुर्व्यवहार रोकिंदैन।
विश्वका सबै क्षेत्रका अल्पसङ्ख्यकहरूले निरन्तर गम्भीर खतरा, भेदभाव तथा जातिवादको सामना गर्नुपरेको छ र उनीहरूलाई आफू बस्ने देश वा समाजका बहुसङ्ख्यकलाई उपलब्ध आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पूर्ण रूपमा भाग लिनबाट प्रायः वञ्चित गरिएको छ।
विश्वको जनसङ्ख्याको पाँच प्रतिशतमा पर्ने तर सर्वाधिक गरिबहरूमध्ये १५ प्रतिशत पर्ने अनुमानित ३७ करोड आदिवासी जनजातिहरूले पनि त्यस्तै समस्याहरूको सामना गर्नुपरेको छ। उनीहरू प्रायः सीमान्तीकृत छन्, जग्गा तथा सम्पत्तिलगायत धेरै मौलिक अधिकारबाट वञ्चित छन् र आधारभूत सेवाहरूमा उनीहरूको पहुँच कम छ।
नश्लीय तथा जातीय भेदभाव पनि विश्वभर पाइन्छ र यो सबैभन्दा खतरनाक भेदभावहरूमध्ये एक रहेको छ। यसलाई नरोक्ने वा फैलन दिने हो भने यसले सजिलै घृणा, हिंसा निम्त्याउन र सबैभन्दा नराम्रो भए पूर्ण द्वन्द्व, मानवताविरुद्धको अपराध र जातिहत्यासम्मको स्थितिमा धकेल्न सक्छ।
धर्म र आस्थामा आधारित भेदभाव पनि उत्तिकै विध्वंशकारी हुन्छ। केही देशमा केही समुदायका सदस्यहरूलाई आफ्नो धर्म वा आस्था मान्न पाउने कुराहरूमा बन्देज लगाइएको छ र उनीहरूलाई मौलिक अधिकारबाट वञ्चित गरिएको छ। चरम अवस्थामा त्यस्तो स्थितिले साम्प्रदायिक हिंसा, हत्या र द्वन्द्व निम्त्याउन सक्छ। रुढिवादले कलङ्क र एक्ल्याउने अवस्था ल्याउन सक्छ।
शरणार्थी र आप्रवासीहरू सम्पन्न देशहरूमा समेत व्यापक रूपमा भेदभाव गरिएका छन्। त्यस्ता देशहरूमा कुनै अपराध नगरेका पुरुष, महिला तथा बालबालिकाहरूलाई प्रायःजसो लामो समयसम्म थुनामा राखिन्छ। उनीहरूमाथि जमिन्दार, रोजगारदाता तथा राज्यद्वारा सञ्चालित निकायहरूद्वारा बारम्बार भेदभाव गरिएको छ र केही राजनीतिक दल, आमसञ्चार माध्यम तथा केही सर्वसाधारणहरूद्वारा उनीहरूलाई रुढिवादी दृष्टिकोणबाट हेरिनुका साथै उनीहरूको बदख्वाइँ गरिएको छ।
अरू धेरै समुदायले पनि कमबेसी भेदभावको सामना गर्नुपरेको छ। तीमध्ये केहीलाई अपाङ्गता भएका व्यक्तिहरू, राज्यविहीन, महिला तथा पुरुष समलिङ्गीहरू, जातविशेषका सदस्य तथा वृद्धवृद्धा भनेर सजिलै परिभाषा गर्न सकिन्छ। यस्तो भेदभावमा अरू कतिपय भिन्न समुदायहरू पनि परेका हुनसक्छन् जसले परिणामस्वरूप फरक मात्रामा आफूमाथि भेदभाव गरिएको पाउन सक्छन्।
भेदभाव नगरिएकाहरूलाई आफूजस्तै मानिसहरूमाथि भेदभावले पारेको पीडा र मानमर्दनबारे बुझ्न प्रायः कठिन हुन्छ। न त उनीहरूले सम्पूर्ण समाजमाथि यसले पारेको क्षयकारी प्रभावबारे नै सधैँ बुझ्दछन्।
भेदभावले अविश्वास, आक्रोश, हिंसा, अपराध तथा असुरक्षा पैदा गर्छ र यसले उत्पादकत्व कम गर्ने हुनाले कुनै आर्थिक अर्थ पनि राख्दैन। समाजका लागि यो बिल्कुलै लाभदायी छैन। तथापि, हामी के गरिरहेका छौँ भन्ने बुझ्दै नबुझी पनि प्रायः आफसेआफ हामी सबैजसो यसमा लागेका छौँ।
तसर्थ, म विविधतालाई अँगालेर तथा भेदभावलाई अन्त्यका लागि ठोस र दिगो कार्य गर्न दृढ भएर मानवअधिकार दिवस २००९ लाई सम्मान गर्न सबैतिरका मानिसहरू / राजनीतिज्ञ, अधिकारीहरू, व्यापारी नेताहरू, नागरिक समाज, राष्ट्रिय मानवअधिकार संस्थाहरू, सञ्चारमाध्यमहरू, धार्मिक नेताहरू, शिक्षक, विद्यार्थी तथा प्रत्येक व्यक्ति / लाई प्रोत्साहन गर्न चाहन्छु।

Comments
Post a Comment