वीरगंज, २ पुष । जनतान्त्रिक तराइ मुक्ति मोर्चाले बुधबारदेखि अनिश्चितकालीन तराइ बन्दको घोषणा गरेपछि आज बिहान महोत्तरी-जलेश्वर बर्दिवास भित्री सडक खण्डमा सवारीसाधन ठप्प भएको छ।
हिजो जनतान्त्रिक तराइ मुक्ति मोर्चाका कार्यकर्ताले पुस ३ गतेसम्म यातायात बन्द गर्ने धम्की दिएको कारण कारण यातायात व्यवसायीले सो क्षेत्रमा आज सवारीसाधन नचलाएका हुन्।
मोर्चाका कार्यकर्ताले यसअघि सप्तरीको शम्भुनाथ गाविस सडकखण्डमा एउटा मालवाहक ट्रकमा आगजनीको प्रयाससमेत गरेका थिए।
सरकारसँग वार्तामा रहेको मोर्चाले आफना कार्यकर्ता रिहाईका लागि सरकारलाई दिएको मङ्सिर मसान्तसम्मको अल्टिमेटम सकिएकाले अनिश्चितकालीन बन्दको आहवान गरेको जनाएको छ।
यसैगरी यातायात व्यवसायी संघ रौतहटले आज पनि वीरेन्द्र राजमार्गको गौर-चपुर चल्ने सम्पूर्ण सवारीसाधन ठप्प पारेका छन्।
करिब डेढ महिना उनीहरुले राखेको मांगहरु पूरा नभएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

Comments
Post a Comment